Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इन्डो–नेपाल टि–२० सिरिज : पहिलो खेलमा इलामको शानदार जित

इन्डो–नेपाल टि–२० सिरिज : पहिलो खेलमा इलामको शानदार जित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २५ २०८३


इन्डो–नेपाल टि–२० सिरिज : पहिलो खेलमा इलामको शानदार जित

इलाम । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आजबाट सुरु भएको इन्डो–नेपाल मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा इलाम जिल्ला क्रिकेट टिमले भारतको राँची क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको राँची–११ ले निर्धारित ओभरमा १३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। टोलीका लागि तेजस सुनुवार र एम।डी। खानले समान ३५–३५ रन बनाए भने इन्द्र लेप्चाले ३० रन तथा सुमित अधिकारीले २० रनको योगदान दिएका थिए। अतिरिक्ततर्फ ९ रन प्राप्त भएको थियो ।

बलिङतर्फ इलामका हेमन राई र दिवस खड्काले समान २–२ विकेट लिए। त्यसैगरी सगुन खत्री र पुजन खड्काले १–१ विकेट हात पार्दै राँचीको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए। १३१ रनको लक्ष्य पछ्याएको इलामले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ८ विकेट बाँकी रहँदा सहज जित निकालेको हो ।

ओपनर दीपेन्द्र मगरले १८ रन बनाए भने अर्का ओपनर दिपेन राईले ३४ रनको महत्वपूर्ण इनिङ खेले। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुमन बेघा लिम्बूले आक्रामक ४६ रन बनाउँदै इलामलाई जिततर्फ डोर्याएका थिए ।

राँचीका तर्फबाट एम.डी खान र इन्द्र लेप्चाले समान १–१ विकेट लिएका थिए। सिरिज आगामि बैशाख २७ सम्म चल्नेछ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार