Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

झापा–५ मा रञ्जित तामाङलाई नेकपाको टिकट, भिड्नेछन् केपि ओलीसँग

झापा–५ मा रञ्जित तामाङलाई नेकपाको टिकट, भिड्नेछन् केपि ओलीसँग

  • सन्देश सम्बाददाता
  • शनिबार, माघ ४ २०८२


झापा–५ मा रञ्जित तामाङलाई नेकपाको टिकट, भिड्नेछन् केपि ओलीसँग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा(५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।

तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । आफूलाई संयोजक दाहालले टिकट दिएको तामाङले बताए । आफू जन्मेहुर्केको र पढेबढेको तथा राजनीतिक यात्रा झापा–५ बाटै सुरु गरेको बताउँदै तामाङले चुनावमा प्रतिस्पर्धा गर्ने बताए । म झापा ५ को स्थानीय हो । जन्मिएँ, हुर्किएँ, राजनीतिक यात्रा यहाँबाट नै सुरु गरेको हो । कतिपय मान्छे कमल खोला र रतुवा खोला कता हो रु यो क्षेत्रको पूर्व पश्चिम, उत्तर दक्षिण थाहा नपाएका पनि यो क्षेत्रमा उम्मेदवार बन्न आइरहेका बेला म स्थानीय युवालाई पार्टीले तारा चुनाव चिह्नमा लड्न टिकट दिएको छ, तामाङले भने, राजनीतिक यात्रा यो क्षेत्रबाट नै सुरु गरेको हो र राजनीतिमार्फत गर्ने सेवा पनि यहाँबाट नै गर्न चाहन्छु ।

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र रास्वपाका वरिष्ठ नेता तथा आगामी चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा छ । रास्वपाका शाहले झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । यस विषयमा नेकपाका उम्मेदवार तामाङले भने, प्रधानमन्त्री बन्दा तीनपटक मुलुकलाई दुर्घटनामा पारेका पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्री घोषणा गरिएकाहरू यो क्षेत्रमा आउने कुरा चलिरहेको छ । तर हाम्रो पार्टीले भने युवा र स्थानीय भएकाले मलाई चुनावी प्रतिस्पर्धामा पठाएको छ ।

झापा ५ का स्थानीयसँग घुलमिल भएको र स्थानीय विकास एवं संटकमा सँगै रहेकाले आफूलाई चुनावी अभियान चलाउन गाह्रो नभएको पनि तामाङको भनाइ छ । तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष हुन् भने तत्कालीन माओवादी केन्द्रको तर्फबाट झापा जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहिसकेका छन् । हाल उनी नेकपाको केन्द्रीय समिति सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार