रोङ (चोकपुर) । इलामको रोङ गाउँपालिका– ६ को चोकपुरका किसान सुन्तला खेतीबाट बार्षिक २ करोड बढी आम्दानी गर्न थालेका छन् । २०३७ सालबाट सुन्तला खेती हुन थालेको गाउँमा अहिले किसानले मुख्य आयश्रोत बनेको हो । रोङ गाउँपालिका– ६ को चोकपुरमा २० परिवारको बसोबास छ । यहाँका किसानको मुख्य आम्दानी श्रोत सुन्तला हो । २०३७ सालबाट खेती हुन थालेको सुन्तला किसानको मुख्य खेती हो । गाउँका बारीमा अहिले सुन्तला बाहेकका बोट भेटिदैन । सुन्तलालाई असर गर्ने कुनै खेतीबाली किसानले गर्दैनन् । उपयुक्त हावापानी भएकाले किसानले सुन्तला मात्रै खेती गर्दै आएका हुन् । चोकपुरका एक किसानका बारीमा ३ सय देखि ५ सय बोटसम्म सुन्तला छन् ।
चुरे क्षेत्र पर्ने र पारिलो हावापानीले गर्दा राम्रो फस्टाएकाले सबै सुन्तला खेतीमा लागेको अगुवा किसान टंक थापामगरले बताए । सुन्तलाको आम्दानी स्थिर छैन । राम्रो फलेका बेला सुन्तलाबाट गाउँमा २ करोड भित्रने गरेको छ । कम फलेका बेलापनि गाउँमा डेढ करोड आम्दानी हुने गरेको हो । सुन्तलाको खरिदका लागि किसानका बारीमा नै व्यवसायी पुग्ने गरेका छन् । धेरै किसानले सुन्तलाको फुल खेलिसकेपछि बगान नै ठेक्का दिने गरेका हुन् । कतिपय किसानले फल पाकेपछि वजन गरि बिक्रि गर्दै आएका छन् ।
किसानले सुन्तलाको दाना अनुसार प्रतिकिलो ५० देखि १ सय रुपैयाँमा बिक्रि गर्दै आएका हुन् । सुन्तला खरिद गर्ने गाउँकै व्यवसायी छन् । उनीहरुले झापा र भारतका बजारमा बिक्रि गर्ने किसान रमेश कुमार थापा मगरले बताए । चोकपुरमा एक किसानले सुन्तला बिक्रिबाट वर्षमा १० लाख देखि १५ लाखसम्म आम्दानी गर्छन् । गाउँ छोडेर सहर बसाइसर्नेका लागि चोकपुर गाउँ एक उदाहरण भएको छ ।
थप तस्बिरहरु :