Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संकटमा बिऊ आलु उत्पादन गर्ने बागवानी विकास केन्द्र (तस्बिरहरु)  

संकटमा बिऊ आलु उत्पादन गर्ने बागवानी विकास केन्द्र (तस्बिरहरु)  

  • सुजन तिमल्सिना
  • मंगलबार, मंसिर ३ २०८२


संकटमा बिऊ आलु उत्पादन गर्ने बागवानी विकास केन्द्र (तस्बिरहरु)  
इलाम (जौबारी) ।  पूर्वी पहाडी जिल्लाका किसानलाई उन्नत जातको बिऊ आलु बिक्रि गर्दै आएको इलाम जौबारीको बागवानी केन्द्र कर्मचारी विहिन भएको छ ।  प्रदेश सरकारले वागवानी केन्द्रको दरबन्दि कटौती गर्नु र समायोजन भएका दरबन्दि अनुसारको जनशक्ति पनि खाली हुँदा पूर्वी पहाडका किसानलाई बिऊ आलु प्रदान गर्ने केन्द्र संकटमा परेको हो ।
सन्दकपुर ५ को जौबारीमा बागवानी विकास केन्द्र २०७० सालमा स्थापना भएको थियो । आलु खेतीको अनुसन्धानसँगै बिऊ आलु उत्पादन गरि बिक्रि गर्दै आएको बागवानी विकास केन्द्रमा जनशक्ति कम छ । जनशक्ति कम भएको बागवानी केन्द्रमा दरबन्दि अनुसारका कर्मचारी परिपुर्ती नहुँदा संकटमा परेको हो ।
२०७० सालबाट केन्द्रको नेतृत्व लिँदै आएका साहायक वागवानी विकास अधिकृत बालमुकुन्द पैकरा अवकामा गएपछि केन्द्र जनशक्ति विहिन भएको हो । प्राविधिक जनशक्ति अभाव भएपछि केन्द्रबाट सहजै आलुको विऊ  खरिद गर्दै आएका किसान चिन्तित भएको माईजोगमाई गाउँपालिका निवर्तमान अध्यक्ष जीत बहादूर राईले बताए ।
प्रदेश सरकारले बागवानी विकास केन्द्र खारेज गरि कृषि ज्ञान केन्द्र मातहत राखेको छ । ज्ञान केन्द्रको फार्म व्यवस्थापन शाखाका रुपमा बागवानी विकास केन्द्रलाई दरबन्दि कटौती गरि रुपान्तरण गरिएको थियो । कटौती भएको जनशक्ति पनि अहिले परिपुर्ती नहुँदा समस्या भएको हो ।
जौबारीमा ५ हेक्टर क्षेत्रफलमा आलु खेती अनुसन्धान र बिऊ आलु उत्पादन हुन्छ । संघीय संरचनापछि प्रदेश सरकार मातहत रहेको बागवानी विकास केन्द्र छट्टै अनुसन्धान केन्द्रमा स्थापित थियो ।
तर प्रदेश सरकारले आर्थिक वर्ष ७९÷८० मा कृषि ज्ञान केन्द्रमा समायोजन गरेपछि दरबन्दि समेत कटौती भएको थियो । वागवानी विकास केन्द्र समायोजन गर्नु अघि प्राविधिक र प्रशासनिक जनशक्ति ११ जनाको थियो । तर ज्ञान केन्द्रमा समायोजनपछि दरबन्दि ४ जनाको मात्रै छ । त्यसमा पनि प्राविधिक जनशक्ति १ जना पनि नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारीले बताए । फार्म व्यवस्थापन केन्द्र जौबारीले विभिन्न प्रजातीका आलुको बिऊ उत्पादन गर्दै आएको छ । केन्द्रमा जनकदेव, खुमल उपहार, डेजिरे र स्थानीय बिटे जातको आलुको बिऊ उत्पादन हुँदै आएको हो ।  किसानलाई उन्नत जातको बिऊ आलु उत्पादन र बिक्रि गर्दै आएको बागवानी केन्द्र समायोजनले किसान पनि चिन्तित भएका छन् । सहज रुपमा बिऊ आलु उपलब्ध गराउँदै आएको केन्द्र पुनः बन्द हुने चिन्ता किसानमा छ ।
थप तस्बिरहरु :  

प्रतिक्रिया
सम्बन्धित समाचार