Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पहिलो फाकफोकथुम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगितामा सीएम पुरुषोत्तम सिलवाल विजेता

पहिलो फाकफोकथुम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगितामा सीएम पुरुषोत्तम सिलवाल विजेता

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १३ २०८२


पहिलो फाकफोकथुम राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगितामा सीएम पुरुषोत्तम सिलवाल विजेता

इलाम । पहिलो फाकफोकथुम खुल्ला राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८२ मा काठमाडौंका क्यान्डिडेट मास्टर (सीएम) पुरुषोत्तम सिलवाल विजयी बनेका छन्।
फाकफोकथुम बुद्धिचाल संघको आयोजनामा असोज ९ गतेदेखि ११ गतेसम्म (२०२५ अक्टोबर २६–२८) चलेको प्रतियोगितामा देशभरका ७९ प्रतिस्पर्धीहरूबीच ९ चरणको स्विस लिग अनुसारका खेल खेलिएका थिए ।अन्तिम चरणसम्म उपाधिको होड तीन खेलाडी — सिलवाल, थापा र इम्बुङ — बीच निकै रोमाञ्चक रह्यो। समान ७.५ अंकका साथ टाइब्रेकमा सिलवाल अग्रस्थानमा रहँदै विजेता घोषित भए ।
सिलवालले ९ मध्ये ७.५ अंक प्राप्त गर्दै पहिलो स्थान हात पारेका हुन्। समान अङ्क हासिल गरेका पाँचथरका रिसन थापा र बिर्तामोडका ज्वाला इम्बुङलाई डाइरेक्ट इन्काउटर टाइब्रेक सिस्टममा पछि पार्दै सिलवालले नगद  पैतीस हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकाे नेपाल चेसका केन्द्रीय सदस्य प्रकाश परियारले जानकारी दिए ।
उनले प्रतियोगिताभर ६ खेलमा जित र ३ खेलमा बराबरी गरेका थिए। २१२९ रेटिङ्ग भएका सिलवालको प्रदर्शन रेटिङ्ग २११६ रहेको थियो। सिलवालले पहिलो चरणमा झापाकी कृतिसारा अधिकारीलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। सिलवाललाई दोस्रो चरणमा मोरङका उमेश राईले बराबरीमा रोकेका थिए । सुरेन्द्रकुमार राई, धिरेन राई, ज्वाला इम्बुङलाई जितेका उनले रिषोन थापासंग अङ्क बाडेका थिए । खगेन्द्रकुमार आङदेम्बेलाई पराजित गरेका सिलवाल आठौं चरणमा मुहान नरसिंह श्रेष्ठसित बराबरी रोकिए पनि अन्तिम चरणमा बसन्त लामालाई पराजित गर्दै बिजेता बने ।
रिसनको प्रदर्सन
पहिलो चरणमै राजकुमार बान्तावासित पराजितको मुखमा पुगेर खेललाई बराबरीमा सिध्याएका रिसनले त्यसपस्चात
यामप्रसाद लिम्बू, हिमाल राई, ललितबहादुर राई र पूर्व नेपाल च्याम्पियन राजन सुबेदीबिरुद्ध लगातार जीत दर्ता गरेका थिए । छैटौं चरणमा बिजेता सिलवालसित अङ्क बाडेका थापाले सातौ चरणमा ज्वालालाई बराबरीमा रोक्न लामो संघर्ष गरेका थिए । अन्तिम २ चरणमा धिरेन राई र खगेन्द्रकुमार आङ्देम्बेलाई पराजित गर्दै दोस्रो स्थानमा रहन सफल रहे । फिडे रेटिङ २०४९ का थापाले रेटिङमा २३ अङ्क सुधार गरेका छन् ।
ज्वालाको प्रदर्शन
ज्वालाले सुरुवाती ४ खेलमा लगातार जीत दर्ता गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । पाँचौ चरणमा बिजेता सिलवालसंग पराजित हुन अघि उनले राज श्रेष्ठ, योगेश राई, वसन्त लामा र खगेन्द्र कुमार आङ्देम्बेलाई हार स्वाद चखाएका थिए । छैटौं चरणमा महेन्द्रकुमार सम्बाहाम्फेलाई गर्दै खेलमा फर्किएका ज्वाला सातौ चरणमा रिसनसंग बराबरीमा रोकिएका थिए । अन्तिम २ खेलमा बिश्व बिजय घिमिरे र कृतिसरा अधिकारीलाई पराजित गर्दै तेस्रो स्थानमा रहेका ज्वालाले रेटिङमा ४७.२ अङ्क सुधार गरेका छन्
राजनको प्रदर्सन
राजन सुवेदी सन् २०२४ को रास्ट्रिय च्याम्पियन हुन् । यस प्रतियोगितामा उनले आफ्नो खेलस्तर कायम राख्न सकेनन् । पहिलो चरणमै पथरीका यु-१६ खेलाडी अग्रिम खड्कासंग पराजित भएका राजन पाँचौ चरणमा रिसनसित पनि पराजित भए । छैटौं चरणमा फेरि राजन १३ वर्षका खेलाडी श्रीयन्स चौलागाईं (१५३१) संग बराबरीमा रोकिए । अन्तिम चरणमा पनि राजन मुहान नरसिंह श्रेष्ठसित पराजित भए । फिडे रेटिङ २०११ रहेको राजनको पर्फमेन्स रेटिङ भने १८०७ मात्र रह्यो । राजनले ३५.४ रेटिङ गुमाएका छन् । आफ्नो पर्फमेन्समा गिरावट आउनुको दोस भने राजनले एक्सलेरेटेड पेयरिङ सिस्टम र प्रतियोगितामा छनौट गरिएको टाइब्रेक सिस्टमलाई दिए ।
त्यस्तै, युवा खेलाडीहरू मुहान नरसिंह श्रेष्ठ, धिरेन राई र ललितबहादुर राईले बलियो प्रतिस्पर्धा प्रस्तुत गरे।
प्रतियोगिता २०८२ असोज ९ देखि ११ गतेसम्म (२०२५ अक्टोबर २६–२८) सम्म ९ चरणमा स्विस प्रणाली अनुसार सञ्चालन गरिएको थियो।
शिर्ष १० खेलाडी
१ . CM पुरुषोत्तम सिलवाल- 7.5
२. रिसोन थापा- 7.5
३. ज्वाला इम्बुङ- 7.5
४ . मुहान नरसिंह श्रेष्ठ – 7.0
५ . धिरेन राई- 6.5
६ . ललितबहादुर राई- 6.5
७. बसन्त लामा- 6.0
८ . कृतिसरा अधिकारी- 6.0
९ . सुमन श्रेष्ठ- 6.0
१०. विश्व विजय घिमिरे- 6.0

प्रतिक्रिया
सम्बन्धित समाचार