Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बदमटारका किसान सुपारी खेतीमा आकर्षण, सुपारीबाट बार्षिक २ करोड आम्दानी 

बदमटारका किसान सुपारी खेतीमा आकर्षण, सुपारीबाट बार्षिक २ करोड आम्दानी 

  • सुजन तिमल्सिना
  • बिहिबार, असोज १६ २०८२


बदमटारका किसान सुपारी खेतीमा आकर्षण, सुपारीबाट बार्षिक २ करोड आम्दानी 
रोङ (बदमटार) । खाध्यबाली उत्पादनका  लागि प्रख्यात इलामको बदमटारका किसान सुपारी खेतीमा आकर्षित भएका छन् । सुपारी खेतीले अन्य बाली लगाउन असर नगर्ने भएपनि  किसानले खाध्यबालीसँगै सुपारी खेतीलाई प्राथमिकता दिएका छन् ।   चुरे क्षेत्रमा पर्ने बदमटारका किसान यज्ञ सुब्बाले सुपारी बिक्रिबाट ७५ हजार आम्दानी गरे । धानबारीको आलीमा सुपारी खेती गर्दै आएका सुब्बाको बारीमा सय बोट सुपारी छन् । सुब्बाको बारीमा हुर्किएका ७५ बोट सुपारीले आम्दानी दिन थालेका छन् । बदमटारकै मदन कार्कीले ४० रोपनी क्षेत्रफलमा सुपारी खेती गर्दै आएका छन् । कार्कीले २० रोपनी क्षेत्रफलमा हुर्किएका सुपारीका बोटबाट बार्षिक ५ लाखसम्म आम्दानी लिएका छन् ।
पहाडको फेद र तराईको शीरमा पर्ने बदमटार खाध्यबालीले प्रख्यात क्षेत्र हो । तर पछिल्लो समय सुपारी खेतीमा किसानको आकर्षण छ । बारीको आलीमा समेत सुपारी खेती हुँदा खाध्यबाली उत्पादनमा असर गर्दैन । जसका कारण किसानले तीनबाली उत्पादन हुने बारीको डिलमा लहरै सुपारी खेती गरेका छन् ।
बदमटारमा २ सय परिवारको बसोबास रहेको छ । सिचाई गर्न १२ महिना नै गोयाङ खोला नहरको सुविधा भएकाले सुपारी खेतीमा आकर्षण बढ्दै गएको हो । बदमटारका किसानका हातमा बार्षिक सुपारी बिक्रिबाट २ करोड बढी भित्रने स्थानीय समाजसेवी चन्द्र प्रसाद भट्टराईले बताए ।
बिक्रिम सम्बत २०५० सालबाट बदमटारमा सुपारी खेती शुरु भएको      पाइन्छ । त्यसपछि व्यवसायीक खेती बिस्तार हुन थालेको हो । झापामा उत्पादन हुने सुपारीको भन्दा बदमटारको गुणस्तरीय दाना छ । जसका कारण व्यापारीहरु किसानका घरमै पुगेर सुपारी बगान नै ठेक्का लिने गरेका छन् ।
बदमटारमा उत्पादन हुने सुपारी झापा निर्यात भइ प्रशोधन हुँदै आएको छ ।  बहुबर्षे बाली सुपारीबाट एक पटक रोपेपछि ४० वर्ष बढी राम्रो आम्दानी लिन सकिन्छ ।
थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार