Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कन्याममा एनपीएलको ट्रफी (फोटो फिचर)

कन्याममा एनपीएलको ट्रफी (फोटो फिचर)

  • नमीन ढकाल
  • आइतबार, भाद्र २२ २०८२


कन्याममा एनपीएलको ट्रफी (फोटो फिचर)

इलाम । नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी टुर कोशी प्रदेशबाट सुरु गरिएको छ । विराटनगरबाट सुरु गरिएको ट्रफी टुर आज इलाम आइपुगेको छ । पर्यटकीय क्षेत्र कन्याममा एनपीएलको ट्रफी प्रर्दशन गरिएको छ । कन्याममा सूर्योदय नगर उप प्रमुख दुर्गाकुमार बरालले ट्रफी सार्वजनिक गर्नुभएको हो । प्रदेश क्रिकेट संघको संयोजनमा कोशी सुरु भएको टुर अन्र्तगत इलाममा ट्रफीसंग फोटो खिच्नेहरुको उत्साह देखिएको थियो ।

विराटनगरका सदस्य लोकेश बमको अटोग्राफ लिन कन्याममा रहेको कृष्णाश्रम माविका विद्यार्थीहरु तछाडमछाड गरेको देखिन्थ्यो । ट्रफी परेडमा दर्शकहरुको समेत उत्साह देखिएपछि नेपाल प्रिमियर लिगले फ्रेन्चाइजी टिमको मुख्य सहर र प्रदेशलाई लक्षित गरेर टुर सुरु गरेको एनपिएल क्रिएटिभ हेड विपुल भट्टराईले बताए । विराटनगरबाट सुरु भएको टुर झापा, मोरङ सुनसरीका विभिन्न सहरहरुमा क्रिक्रेटप्रेमीहरु माझ प्रर्दशन गरिनेछ ।

झापाको काँकडभिट्टा, विर्तामोड हुँदै दमकमा प्रर्दशन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि इटहरीको जनता क्याम्पसमा विशेष कार्यक्रम आयोजना हुनेछ । इनरुवा हुँदै ट्रफी दुहबी बाइपासमार्गबाट पुनः बिराटनगर प्रवेश गराइने कार्यक्रम छ । ट्रफी टुरले इलामको खेलकुद पर्यटनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको कोशी प्रदेश क्रिकेट संघका सचिव टिकाराम पुरीले जानकारी दिए ।

क्रिकेट एसोसिएन नेपाल क्यानले फ्रेन्चाइजी टिमको प्रदेशमा क्रिकेट प्रतिको अपनत्व र समर्थनलाई उर्जा टुर सुरु गरेको हो । टुरले क्रिकेट हुने जिल्लाहरुमा ट्रफीलाई सर्मथकहरु माझमा देखाउनेछ । कोशी प्रदेशमा क्रिकेट संघको सदस्य रहेको जिल्ला मध्ये उदयपुर बाहेक अन्य जिल्लामा पु¥याउने लक्ष्य राखेको विराटनगर किंग्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको एनपीएल आगामी १ देखि २७ मंसिरसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्दैछ । एनपीएलको पहिलो संस्करण १५ मंसिरदेखि ६ पुस ०८१ मा भएको थियो । एनपिएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ । गत संस्करण जनकपुरले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार