Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

बालाचतुदर्शी नकआउट फुटबलको आय–व्यय सार्वजनिक

बालाचतुदर्शी नकआउट फुटबलको आय–व्यय सार्वजनिक

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १ २०८२


बालाचतुदर्शी नकआउट फुटबलको आय–व्यय सार्वजनिक

फिक्कल । इलामको सन्दकपुर गाउँपालिका–४, माबुमा सम्पन्न बालाचतुदर्शी नकआउट फुटबल प्रतियोगिता–२०८१ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । प्रतियोगितामा आयोजकले ४ लाख १५ हजार १ सय ७५ रुपैया आम्दानी गरेको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५ लाख ३१ हजार २१ रुपैया खर्च गरेको छ । प्रतियोगिता सम्पन्न गर्न अपुग भएको रकम गत बर्षको मौज्दात १ लाख ५० हजार बाट भुक्तान गरिएको क्लबका सहसचिव बुद्ध साउदेनले जानकारी दिए ।

प्रतियोगितामा फुटबल दर्ता शुल्कबाट ५५ हजार, सहयोगी दाताहरुबाट २ लाख ७३ हजार ५ सय वडा कार्यालयबाट ५० हजार र होटल तथा चिया पसलबाट रु. ३६ हजार १ सय ५० रुपैया आम्दानी उल्लेख गरिएको छ । सुरुवाती मौज्दातसहित प्रतियोगिताको कुल उपलब्ध स्रोत ५ लाख ६५ हजार १ सय ७५ पुगेको समितिले जनाएको छ ।

खर्च प्रथम तथा द्वितीय पुरस्कारमा १ लाख ५५ हजार १ सय, प्रिन्टिङ खर्च ३८ हजार, पानी र जग्गा भाडा बापत १९ हजार ५ सय, साउन्ड सिस्टममा २८ हजार, भोलेन्टियर र अतिथि खर्च ४१ हजार ८ सय, फुटबल ट्रफी र मेडल खरिदमा ३९ हजार २ सय २० रुपैया रहेको छ । त्यसैगरी मेडिकलमा ३ हजार ७ सय, रेफ्री तथा प्राविधिक खर्च १ लाख १० हजार, खेलमैदान मर्मतमा ६ हजार र संस्था दर्ता र अनुमतिमा २० हजार रुपैया खर्च भएको जनाइएको छ ।

नालिफुङवा खेलकुद संस्थाले गत मंसिरमा प्रतियोगिता संचालन गरेको थियो । आयोजकले आय–व्यय सार्वजनिकिकरण गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै दाताहरु, स्थानीयवासी, खेलाडी र शुभेच्छुकप्रति आभार प्रकट गर्दै आगामी वर्षमा अझ व्यवस्थित र भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै कार्यक्रममा प्रबोध मावि माबु लाई नगद  ७ हजार , किराँत फा आ प मिङ्सो माङ्गहिम लाई नगद  ५ हजार, र सन्दकपुर बोर्डिङ स्कुल माबुलाई १ थान फुटबल सहयोग गरिएको छ। साथै समितिको रिक्त पदमा अध्यक्षमा दिपेन साउदेन लिम्बु, उपाध्यक्षमा खुस बहादुर गुरुङ र सदस्यमा यादव लिम्बु सर्वसम्मत चयन गरिएको पनि जनाइएको छ।

कार्यक्रममा वडाध्यक्ष ढाल बहादुर गुरुङ, कार्यपालिका सदस्य छत्र दियाली, प्रवोध माविका प्रधानाध्यापक गेहनाथ अधिकारी, सन्दकपुर बोर्डिङ स्कुल प्रिन्सिपल सिलास लेप्चा लगायतको उपस्थिती रहेको थियो ।

आय–व्यय सार्वजनिकिकरणको भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार