Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा वन कार्यालयको प्रगति समिक्षा, ९९ प्रतिशत प्रगति, राजश्व र मुल्य अभिवृद्धि कर सहित २१ करोड संकलन 

इलाममा वन कार्यालयको प्रगति समिक्षा, ९९ प्रतिशत प्रगति, राजश्व र मुल्य अभिवृद्धि कर सहित २१ करोड संकलन 

  • सुजन तिमल्सिना 
  • बिहिबार, साउन १६ २०८२


इलाममा वन कार्यालयको प्रगति समिक्षा, ९९ प्रतिशत प्रगति, राजश्व र मुल्य अभिवृद्धि कर सहित २१ करोड संकलन 
इलाम । डिभिजन वन कार्यालय इलामको बार्षिक समिक्षा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय इलामका प्रमुख बिरेन्द्र साहको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको प्रमुख आथित्यमा बार्षिक समिक्षा बैठक सम्पन्न भएको  हो ।
डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ लगायत सरोकारवाला संघसंस्थाको उपस्थितिामा बार्षिक समिक्षा बैठक सम्पन्न भएको हो । बैठकमा डिभिजन वन कार्यालय इलामका डिजिभन वन अधिकृत सोमेश चौधरीले आर्थिक वर्ष ०८१÷०८२ मा भएका कामको प्रगति प्रस्तुत गरेका गरेका थिए ।
बार्षिक प्रगति प्रस्तु गर्दै उनले डिभिजन वन कार्यालयबाट बित्तिय प्रगति ९० प्रतिशत र भौतीक प्रगति ९९ प्रतिशत भएको जानकारी गराइएको थियो । चालु आर्थिक वर्षमा ११ करोड २९ लाख ४६ हजार बजेटमा १० करोड १९ लाख २९ हजार खर्च भएको तथ्याङ्कमा उल्लेख छ । जस अन्तरगत बित्तिय प्रगति ९० दशमलव २६ प्रतिशत र भौतीक प्रगति ९९ दशमलव ०९ प्रतिशत भएको हो । वन कार्यालयले काक दाउरा, जडिबुटी उत्पादन र बिक्रि वितरणको पनि तथ्याङ्क सार्वजनीक गरिएको थियो । जस अन्तरगत सामुदायीक वनमा गत आर्थिक वर्षमा काठ दाउरा संकलन गरि आन्तरिक खपत ५ लाख ३४ हजार ६ दशमलव १९ क्यूफिट उपभोक्तामा वितरण भएको छ ।
त्यसैगरी सामुदायीक वनबाट बजारमा बिक्रि भएको काठ दाउरा ३४ हजार ५ सय ७१ क्युफिट रहेको छ । यसैगरी आर्थिक वर्ष ०८१÷०८२ मा ५५ लाख ९८ हजार ३ सय २९ क्युफिट काठ निजी, आवादी वनबाट निकासी भएको छ । यसैगरी राष्ट्रिय वनबाट संकलन भएको काठ लिलामको काम पनि गत आर्थिक वर्ष भएको छ । गत वर्ष ५९ हजार १८ क्युफिट काठ लिलाम भई राजश्व संकलन भएको हो ।
यसैगरी दाउरा निकासीमा सामुदायीक वनमा २ चट्टा निकासी भएको र निजी वनबाट १ हजार ७३ चट्टा निकासी भएको हो । यसैगरी जडिबुटी तर्फ गत आर्थिक वर्षमा सामुदायीक वनबाट अर्गेली १ हजार १० केजी र नीजि वनबाट १ लाख ६९ हजार २६ केजी इलामबाट निकासी भएको छ । यसैगरी मजीटो ६ हजार ३ सय ८५ केजी, बिषमा  १ हजार १ सय ६० केजी र चिराइतो ५ हजार केजी निकासी भएको हो ।
डिभिजन वन कार्यालय इलामले गत आर्थिक वर्षमा १ सय ६ प्रतिशत बढी बिरुवा उत्पादन गरि वितरण गरेको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०८१÷०८२ मा ३ लाख २९ हजार ३६ वटा विभिन्न जातका विरुवा उत्पादन गरि २ लाख बिरुवा वितरण गरेको छ । डिभिजन वन कार्यालय अन्तरगत रहेका विभिन्न सव डिभिजनमा उत्पादन भएको बिरुवामध्ये १ लाख २८ हजार बढी बिरुवा अझै पनि बितरण योग्य रहेका छन् ।
डिभिजन वन कार्यालय इलामले वन क्षेत्रबाट गत आर्थिक वर्षमा ३ करोड १४ लाख बढी राजश्व र मुल्य अभिवृद्धि कर १७ करोड ८१ लाख बढी कर संकलन गरेको छ ।  डिभिजन वन कार्यालयको राजश्व शिर्षक अन्तरगत अन्य सेवा शुल्क तथा बिक्रिमा २ करोड ३० लाख ३० हजार ५ सय ६० संकलन भएको छ । यो शिर्षक कोशी प्रदेश सरकारको राजश्व खातामा जम्मा हुने प्रदेश सेवा शुल्क हो ।
वनले अन्य प्रशासनिक सेवामा ६२ हजार ४ सय २५, वन क्षेत्रको रोयल्टिमा ९ लाख ११ हजार ६५ रुपैयाँ, बेरुजु दाखिलाबाट १ लाख १५ हजार ५० रुपैयाँ र वेबारिसे मुद्धाका काठ बिक्रिबाट ७३ लाख ६८ हजार ३ सय ३० रुपैयाँ राजश्व संकलन भएको तथ्याङ्क छ ।
यसैगरी मुल्य अभिवृद्धि करमा सामुदायीक वनबाट ६५ लाख ९६ हजार ७ सय ६, राष्ट्रिय वन लिलाम (वेवारिसे÷ मुद्दामा बरामद काठ विक्री) बाट १० लाख ७९ हजार ८ सय १४ रुपैयाँ, निजी वन निकासीबाट १७ करोड ३४ हजार ९० रुपैयाँ, गैरकाष्ठ वन पैदावारबाट १ लाख २९ हजार ५ सय २८ रुपैयाँ र  जिल्ला वन पैदावार आपुर्ती समितिबाट ३ लाख ६४ हजार २ सय ३३ रुपैँया संकलन भएको छ ।
डिभिवन वन कार्यालय इलामले गत आर्थिक वर्षमा ३९ दशमलव ५० प्रतिशत बेरुजु फस्र्यौट गरेको छ । वन कार्यालयमा  गत आर्थिक वर्षमा २५ लाख ३८ हजार ५२ रुपैयाँ बेरुजु फ्स्र्यौट भएको हो । कार्यालयमा अब ३८ लाख ३५ हजार ८ सय ९७ रुपैयाँ बेरुजु फस्र्यौट हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयमा वन पैदावार हानी नोक्सानी तथा ओसार पसार सम्बन्धि मुद्धा ११ वटा चलेका छन् । जसमा  आर्थिक वर्ष २०८१÷०८२ मा २३ जना प्रतिवादीहरु पक्राउ गरी ३३ जना प्रतिवादीहरु उपर ११ वटा मुद्दा जिल्ला अदालत इलाममा दायर गरिएको जसमा १ वटा ट्रक, १ वटा ट्याक्टर, २ वटा पिकअप, १ वटा मोटरसाईकल र साल तथा अन्य जातको २ हजार ३ सय २८ दशमलव ४८ क्यू.फिट काठ बरामद गरिएको हो ।
वन कार्यालयले  आर्थिक वर्ष  २०८०÷०८१ मा १४ जना प्रतिवादीहरु पक्राउ गरी २१ जना प्रतिवादीहरु उपर ५ वटा मुद्दा जिल्ला अदालत इलाममा दायर गरिएको छ ।  जसमा १ वटा यात्रुबाहक बस, १ वटा पिकअप, १ वटा मोटरसाईकल र साल तथा अन्य जातको २ हजार ४७ दशमलव ९६ क्यू.फिट काठ बरामद गरिएको हो ।
डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ९ हेक्टर वन क्षेत्र अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन चेप्टी फनपार्कको जग्गा अतिक्रमण मुक्त गरी सामुदायिक वनको कार्ययोजनामा समाबेश गरिएको छ । यसैगरी पुवामाई सामुदायीक वन इलाम नगरपालिका  ३ पाटेनागी क्षेत्रमा लालिगुँरास, बान्टे, कटुस, टेंगा, काउलो, लौठसल्ला, रानीचाँप, खनक्पा, सिलिङगे लगायत २४ हजार ९ सय  वटा विरुवा रोपण गरिएको छ । वन क्षेत्रमा  १४ दशमलव १ हेक्टरमा क्षेत्रफलमा बृक्षारोपण गरिएको हो ।
डिभिजन वन कार्यालयको मुख्य उपलब्धिमा जिल्लाको आवधिक योजना सहितको रणनीतिक योजना स्वीकृती गरेको छ । जस अन्तरगत २ वटा सामुदायिक वनमा उद्यमशिलता अभिबृद्धि कार्यक्रम संचालन गरिएको हो । वन कार्यालयबाट जुनतारा सामुदायीक वन माई नगरपालिका ९ र बनेलकुरी सामुदायीक वन  सन्दकपुर गाउँपालिका ४ मा उद्यमशिलता अभिबृद्धि कार्यक्रम संचालन गरिएको छ । गत आर्थिक वर्षमा २ वटा सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम संचालन गरिएको छ । कार्यालयबाट दहालटार सामुदायीक वन माई नगरपालिका  ५ र दिपकमल सामुदायीक वन सूर्योदय नगरपालिका  २ र ४ रहेका छन् ।
डिभिजन वन कार्यालयबाट ५ वटा संरक्षण पोखरी निर्माण भएका छन् । सन्तपुर सामुदायीक वन  सन्दकपुर २, माघेटप्पु सामुदायीक वन सन्दकपुर २, पद्मसम्भव सामुदायीक वन सन्दकपुर ४, चित्रे हिले लामिधुरा सामुदायीक वन  सुर्योदय १, श्रीअन्तुडाँडा पर्यटन  सामुदायीक वन  सुर्योदय ५ मा निर्माण गरिएको हो । यसैगरी २ वटा पानी मुहान संरक्षण गरिएको छ । कार्यालयबाट इलाम नगरपालिका  ५ विपल्याटे, सिंहदेवी पानीमुहान र भालुकटेरी सामुदायीक वन सन्दकपुर ३ मा रहेको पानीमुहान संरक्षण गरिएको हो ।
यसैगरि गत आर्थिक वर्षमा एक बर्षिय तथा बहुबर्षिय गरी जम्मा २ लाख ७९ हजार ३६ विरुवा उत्पादन गरिएको छ । कार्यालयले सामुदायीक वन मार्फत ५० हजार विरुवा उत्पादन गरिएको छ ।  कार्यालयले बसन्त सामुदायीक वन माई नगरपालिका २ इलाममा तारवार सहित २ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिएको छ । यसैगरी तमाखे सामुदायीक वन  माई न.पा. ७ मा ७.५ हेक्टर नदी उकास जग्गामा वृक्षारोपण तथा पुनःस्थापना कार्यक्रम गरिएको हो ।
वन कार्यालयबाट अगरउड र चन्दन खेति विस्तार गरिएको छ । देउमाई नगरपालिका वडा नं. ६ स्थित टिमुरे कृषि तथा पशुपालन समुह मार्फत २ हेक्टर जग्गामा १ हजार २ सय ५० वटा अगरउड र चन्दनको विरुवा रोपण गरिएको हो । कार्यालयको थप प्रमुख उपलब्धिहरुमा १० वटा सव डिभिजन कार्यालय स्तरीय समन्वय बैठक, स्थलगत अभ्यास, सरोकारवालाहरुसँग वनका कुरा, संघिय वन ऐन, प्रदेश वन ऐन तथा नियमावली र कार्यविधि सम्बन्धी स्थानीय जनप्रतिनिधि तथा  सामुदायीक वन उपभोक्ता लाई तालिम, सरोकारवालाहरुसँग अन्तरक्रिया तथा गोष्ठी लगायत रहेका छन् ।
बार्षिक समिक्षा बैठकमा डिभिजन वन कार्यालयको समस्या चुनौती र समाधानका उपायाहरुपनि प्रस्तुत गरिएको थियो । समस्यामा  अवैधानिक र अव्यवस्थित माटो, ढुङ्गा, गिट्टी संकलन, मुद्दाका पुराना काठहरु तथा मालबाहकहरुको लिलाम (अदालतबाट स्वीकृति), सशस्त्र वन रक्षकहरुको व्यारेक निर्माण तथा अत्याधुनिक हतियार व्यवस्थापन, सशस्त्र वन रक्षकहरुले चलाएको गोली मिनाहा हुन वर्षौ कुर्नुपर्ने र जिर्ण सवारी साधन रहेका छन् । समस्याका अल्पकालीन समाधानका लागि नियमित गस्ति परिचालन माथिल्लो निकायमा जानकारी गराउने, काठको लगत तयार गरी जिल्ला अदालतमा अनुरोध गरिएको, शसस्त्र वन रक्षकहरु सबडिभिजन वन कार्यालय परिसरमा व्यवस्थापन हुँदै गरेको, गोली मिनाहा  गर्न संघीय विभागले तदारुकताका साथ यस कार्यमा सहयोग गर्नु पर्ने र ५० औ वर्ष पुराना गाडीहरु मर्मत गरि वन गस्ति गर्दै आइरहेको अवस्था रहेको छ ।
यी समस्याहरुको दिर्घकालीन समाधान गर्न अबैध ढुङ्गा माटो नीकासी रोक्न संघ तथा प्रदेशस्तरको साझा स्पष्ट नीति कानून तथा कार्यविधिको व्यवस्था गर्नुपर्ने, वन ऐन २०७६ तथा प्रदेश वन ऐन २०७७ मा मुद्दामा बरामद भएका मालबाहक तथा काठहरुको यथाशिघ्र लिलाम सम्बन्धी कानूनी व्यवस्था हुनुपर्ने, सशस्त्र वन रक्षकहरुको व्यारेक निर्माण तथा अत्याधुनिक हतियार व्यवस्थापनका लागि संघीय निकायलाई अनुरोध गर्नुपर्ने, गोली मिनाहा गर्नु पर्ने प्रावधान वन सम्बन्धी कानूनमा नै राख्नु पर्ने र तल्लो चुरे क्षेत्रमा गस्तिका लागि नयाँ प्रविधि सहितको सवारी साधनको व्यवस्थापन गर्नुपर्ने रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख जयप्रकाश राईले वन क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमको समापन गर्दै डिभिजन वन प्रमुख विरेन्द्र साहले दरबन्दि अनुसारको जनशक्ति नभएपनि सोचेभन्दा लक्ष्य अनुसार प्रगति भेट्न सफल भएको बताए ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार