Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उच्च पहाडमा चौँरीपालनको आकर्षण बढ्दै (तस्बिरहरु) 

उच्च पहाडमा चौँरीपालनको आकर्षण बढ्दै (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन १२ २०८२


उच्च पहाडमा चौँरीपालनको आकर्षण बढ्दै (तस्बिरहरु) 
इलाम । लोप हुँदै गएको चौरी पालन पूर्वी पहाडी जिल्लामा बढ्दै गएको छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर जिल्लाका  लेकाली क्षेत्रका युवाहरुको आकर्षण चौँरी पालनमा बढेको हो । हिमाली क्षेत्रको आम्दानीको श्रोतको रुपमा रहेको चौरीपालनबाट युवाहरुले चौरी पालनको व्यवसायिक विकास र प्रवद्र्धनमा सक्रियता देखाएसँगै चौँरी गोठहरु थपिने क्रम बढेको हो ।
पूर्वी पहाडी जिल्लाका ३ हजार मिटरदेखि माथिका चरन क्षेत्रमा चौँरी पालन हुँदै आएको छ ।  चौरी एउटा गाईको प्रजाती हो । यो घर पालुवा र जंगली गरि दुई प्रकारको हुन्छ र उराङ जातको चौरीलाई घरमा पाल्ने गरिएको छ । इलाम र पाँचथर क्षेत्रका उच्च पहाडी क्षेत्र परम्परादेखि नै हुँदै आएको चौरी पालन व्यवसाय पछिल्लो समयमा बढ्दै गएको चौँरी गोठ संचालन गर्दै आएका चन्द्र नेपालले बताउनुभयो ।
आम्दानीको हिसावले दूध, घ्यू र छुर्पी बेचबिखन गरि वार्षिक रुपमा एक गोठ संचालकले ५ लाख सम्म आम्दानी गर्दै आएका छन् । चौरीको दूधबाट मात्र होइन रौंबाट पनि आम्दानी हुने गरेको छ । रौबाट राडीपाखी बन्ने गरेको छ । यहाँका युवाहरुको चौरीप्रतिको माया देखेर आन्तरिक तथा बाह्य पर्यटक समेत लोभिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार