इलाम । जीवन बीमा कर्मचारी संघ इलामको अध्यक्षमा दतात्रय दिनेश दाहाल चयन भएका छन् ।
“सबै बीमा कर्मचारी एक हौँ ” भन्ने नाराका साथ जीवन बीमा कर्मचारी संघ इलामको दोस्रो अधिवेशन इलामको जस्वीरेमा सम्पन्न भएको हो ।
उपाध्यक्ष टंक श्रेष्ठ, सचिव अर्जुन पोख्रेल, सहसचिवमा मंगेश खत्री, कोषाध्यक्ष मेलिना निरौँला रहेका छन् । सदस्यमा सम्पूर्ण जीवन बीमा कम्पनीको कर्मचारी हुने गरि नयाँ कार्य समिति गठन भएको हो ।