Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केराको थामबाट धागो निकाल्ने व्यवसाय शुरुवात ( तस्बिरहरु )

केराको थामबाट धागो निकाल्ने व्यवसाय शुरुवात ( तस्बिरहरु )

  • सन्देश सम्बाददाता
  • बुधबार, फाल्गुन ७ २०८१


केराको थामबाट धागो निकाल्ने व्यवसाय शुरुवात ( तस्बिरहरु )

इलाम । ईलाम नगरपालिका वडा नं ११ सोयाकमा केराको थामबाट मेशिनको प्रयोग गरि रेशाजन्य धागो निकाल्ने व्यवसाय शुरुवात भएको छ । कैलालि जिल्लाको टिकापुरमा इलाम नगरपालिका इलामको आर्थिक सहयोगमा पदम बहादुर रानाले केराको थामबाट मेशिनको प्रयोग गरि रेशाजन्य धागो निकाल्ने व्यवसाय शुरुवात गरेका हुन् ।
स्थानीय स्तरमा प्रसस्त पाईने खेर गईरहेका स्थानीय कच्चा पदार्थमा आधारीत केराको थामबाट धागो निकाल्ले सीपमूलक तालिम हासिल गरेसँगै आँफ्नै गाँउमा व्यवसाय शुरुवात भएको हो । गत साल वडा नम्बर ६ को कार्यालयको आयोजनामा तथा घरेलु तथा साना उद्योग कार्यालय इलामको सहयोगमा केराको विभिन्न खाध्य परिकारहरु बनाउने तालिम समेत दिएको थियो । इलाम नगरपालिका उपमेयर सीप बिकास कार्यक्रमबाट मेशिन प्रविधिलाई १ लाख ५० हजारमा नगरपालिकाको ४० प्रतिशत र नवकञ्चन कृषि सहकारी संस्थाको ६० प्रतिसत लागत साझेदारीमा मेशिन खरिद गरेर केराको रेशा उत्पादन गर्ने काम भई रहेको छ । रेशा धागो प्रति मिटर ३०० मा विक्री हुन थालेको समेत छ ।
इलाम नगरपालिका उप–प्रमूख सीप विकास कार्यक्रमको सहयोगबाट तालिम तथा प्रविधि हस्तान्तरण उपलब्ध भए पश्चात् केही सहभागिहरुले उत्पादन शुरु गरि आम्दानी समेत गर्न थालेका छन् । गाउँघरमा प्रायजसो सबैतिर पाइने स्थानीय साधन श्रोतको रुपमा पाइने कच्चा पदार्थ केरा थाम फललाई नविनतम् प्रविधिको प्रयोगबाट वस्तु उत्पादनलाई व्यवसायीक रुपमा बढवा साथै बजारीकरणमा सहयोग गर्न सकेमा यस्ता लघु ,घरेलु तथा साना उधमहरुले स्थानीय स्तरमानै रोजगारको अवसर प्राप्त हुनेछ । केराको थामबाट धागो उत्पादन भएपछि व्यवसायीक कृषकहरु समेत प्रत्यक्ष लाभन्धित भई आर्थिक अवस्था सुधार हुने र यसबाट सरकार समेतलाई राजश्व वृद्धि हुने इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । जोशिला युवा उधमी अगाडी बढ्न प्रयास गर्ने पदम बहादुर राना, सपना लिम्बु जस्ता धेरै नयाँ युवा उधमीहरुलाई इलाम नगरपालिकाले निरन्तर सहयोग गर्ने नगर प्रमुख थापाले बताए ।

तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार