Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीका किसान तरकारी खेतीमा आकर्षित (तस्बिरहरु)

चुलाचुलीका किसान तरकारी खेतीमा आकर्षित (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, माघ ८ २०८१


चुलाचुलीका किसान तरकारी खेतीमा आकर्षित (तस्बिरहरु)

इलाम (चुलाचुली) । दक्षिणि इलामको चुलाचुली गाउँपालिका भित्रका किसान व्यवसायीक तरकारी खेतीमा आकर्षित भएका छन् । चुलाचुलीमा उत्पादन भएको तरकारी झापाका बजारमा पु¥याउन सहज भएसँगै किसान तरकारी खेतीमा आकर्षिक भएका हुन् ।
झापाका बजारमा ताजा तरकारीको माग बढेसँगै झापासँग जोडिएको इलामको चुलाचुली गाउँपालिका क्षेत्रका कृषकहरु व्यवसायीक तरकारी खेतीमा आकर्षित छन् । झापाको दमक, बिर्तामोड लगायत कृषि बजारहरुमा तरकारीको माग बढेसँगै चुलाचुलीमा खेती बढ्दै गएको हो ।
बजारको समस्या नहुने र व्यवसायीले घरबाटै तरकारी खरिद गर्ने भएकाले कृषकहरु तरकारी खेती तर्फ आकर्षित छन् । चुलाचुलीका किसानले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । किसानले बन्दाकोपि, काउली, टमाटर, सिबि, आलु खेती गर्दैका आएका हुन् । किसानले बढी मात्रामा टमाटर खेती गर्दै आएको चुलाचुली ४ कि किसान इन्द्रा बस्नेतले बताइन् ।
चुलाचुली मदन भण्डारी राजमार्गले जोडिएको छ । जसका कारण उत्पादित तरकारी बजार पुर्याउन सहज हुन्छ । उत्पादन भएको तरकारी घरबाटै व्यापारीले उठाउने भएकाले आम्दानि राम्रो हुने गरेको हो ।
खाध्यबाली धान मकै भित्र्याएपछि हिउँदमा किसानले व्यवसायीक तरकारी खेती गर्दै आएका हुन् । आफ्नो जग्गामा प्रायः किसानले तरकारी खेती गरेका छन् । सहजै बजार उपलब्धताले ठुला लगानीका कृषि फार्महरुपनि चुलाचुलीमा स्थापना हुने क्रम बढेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्गले बताए ।
तरकारी बेचेर एक परीवारले मासिक ३० हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । भारतबाट नेपाल आयात भएको तरकारी ओईलाएको र विषादिको प्रयोग बढि हुने भएकाले इलाम चुलाचुलीको तरकारीले झापाका बजारमा प्राथमिकता पाएको छ । तरकारी खेतिमा संलग्न किसानलाई चुलाचुली गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार