फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र देउमाई खोलामा पक्कि पुल बन्न सकेको छैन । फाकफोक थुम र माङसेबुङ गाउँ पालिकाको संगम स्थल देउमाई नदीमा पक्की पुल भत्किएको बर्षौ बितेपनि अहिलेसम्म नबनेको हो । पुल नबन्दा इलाम सदरमुकामसित बर्षा याममा यातायात सवारी आवागमन ठप्प हुने गरेको छ।
२०७८ साल असोज अन्तिम अविरल बर्षाका कारण कार्तिक २ गते सदरमुकाम इलाम जोड्ने पक्की पुल बगाएको थियो । पुल बगाएपछि हालसम्म पुन पुल निर्माण हुन नसक्दा फाकफोक थुम र माङसेबुङका केहि वडाहरूका स्थानीयबासी मार्कामा छन् ।
उनीहरु एकघण्टा यात्रा समय खर्चेर बैकल्पिक बाटो घुमेर सदरमुकाम आवतजावत गर्न बाध्यता रहेको फाकफोक थुम एकतप्पाका स्थानिय पदम सिंह लिम्बुले बताए । त्यसैगरी बिगत १६ बर्षदेखि दोभानमा ढुङ्गा गिटी कुट्दै आइरहेको भीम बहादुर लिम्बुका अनुसार चुनाबको समयमा पटक पटक चुनावी नारा बनाएर यस क्षेत्रका जनताहरूलाई पुल पुन निर्माण गर्ने प्रतिवद्धता गरेपनि अहिलेसम्म नबनेको बताए । आश्वासन दिएर भोट बैंकको रूपमा यस क्षेत्रका जनताहरूलाई झुक्याएको उनले बताए । १० वर्ष अघिबाट सानो किराना पसल गर्दै आइरहेका ब्यापारी असल बहादुर राईका अनुसार पटक पटक पुन निर्माणको लागि सर्वे भइरहेको तर कहिने बन्ने टुङ्गो नभएको बताए । यस क्षेत्रका अधिकांश स्थानियहरू बिमारी भएको अवस्थामा बर्षाको समयमा बोकेर झोलुङ्गे पुल तरेर पारी एम्बुलेन्स बोलाएर पठाउनुपर्ने बाध्यता रहेको बताए ।
(तस्बिरहरु)