Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया क्षेत्रको समस्या समाधान गर्न इलामका सासंद बस्नेतले भेटे कृषिमन्त्री

चिया क्षेत्रको समस्या समाधान गर्न इलामका सासंद बस्नेतले भेटे कृषिमन्त्री

  • सन्देश सम्बाददाता
  • सोमबार, मंसिर १७ २०८१


चिया क्षेत्रको समस्या समाधान गर्न इलामका सासंद बस्नेतले भेटे कृषिमन्त्री

इलाम । इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाममा चियाको बजारीकरण र व्यवसायी क्षेत्रमा देखिएका समस्याको बारेमा कृषि मन्त्रीका बिषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रीका बिषयमा छलफल गरेका छन् । इलामका चिया व्यवसायीहरु सहित कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी संग अर्थोडक्स चियाको समस्याका बारेमा छलफल भएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव सहितको छलफलमा इलामका व्यवसायीहरुको तर्फबाट सर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसियसन नेपालका उपाध्यक्ष अभिनन्द गिरिले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा भारतीय बजारमा मात्रै निर्भर हुदा पटकपटक समस्या आउने गरेको गुनासो गरेका थिए । साथै चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आवश्यक पहल गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार