इलाम । भारतबाट दूग्धपदार्थ आयतमा प्रतिबन्ध लगाइएपछि नेपाली उद्योगमा थन्किएको चीजले बजार पाउन थालेको छ । भारतीय चीजसँग मूल्यमा प्रतिपर्धा गर्न नसक्दा उद्योगमा थन्किएको नेपाली चीजको बजारमा माग बढेको हो ।
सुर्योदय नगरपालिका ३ तीनखुट्टेमा अवस्थित लक्कि डेरीमा गत अशोजमा २० हजार किलो चीज थन्किएको थियो । पर्यटकीय सिजनमा पनि हजारौँ किलो चीज उद्योगमा थन्किएपछि चाडवाडमा किसानलाई दूधको मूल्य दिन उद्यमी तुलु तामाङलाई सकस भयो ।
भारतबाट आयात भएका दूग्ध पदार्थ नेपाली बिजारमा सस्तोमा पाइन थालेपछि नेपाली चीजको बिक्रि घट्यो । उद्यमीले भारतीय दुग्ध पदार्थ आयातले देशभित्रका डेरी उद्योग संकटमा परेको गुनासो गरेपछि सरकारले ६ महिना अघि भारतीय दुग्ध पदार्थ आयातमा प्रतिबन्ध गरेको थियो ।
जसका कारण अहिले नेपाली चीजको आन्तरिक बजारमा माग बढेको छ । जसका कारण उद्योगको गोदाम र कोल्डस्टोरमा थन्किएको चीज अहिले बिस्तारै बजारमा माग हुन थालेको उद्यमी तुलुकामी तामाङले बताए ।
दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि हुनु र भारतीय दुग्ध पदार्थ आयातले नेपाली डेरी उद्योग प्रतिपर्धा गर्ने अवस्थामा थिएनन् । गाईको दूध प्रशोधनबाट तयार गरिने चीजको बजार काठमाडौँ, पोखरा र चितवन हो । कोशी प्रदेशको इलाम, पाँचथर र ताप्लेजुङ्गमा गाईको दूध प्रशोधनबाट चीज उत्पादन हुन्छ । तीन जिल्लामा २५ वटा चीज उद्योग संचालनमा छन् । चीज नेपाल आउने बिदेश पर्यटकले बढी मात्रामा प्रयोग गर्दै आएका छन् ।
बिदेश पर्यटकहरुको चाप बढी हुने काठमाडौँ, पोखरा र चीतवनको सौराहा क्षेत्रमा पूर्वी नेपालमा उत्पादन हुने चीजको खपत हुने गरेको छ । नेपाल खोरेत मुक्त देश नभएका कारण यहाँ उत्पादन भएको चीज बिदेशमा निर्यात हुँदैन । दूधको मूल्य बढ्नु, बिदेश पनि निर्यात नहुनु र भारतबाट चीज आयात खुल्ला गर्दा एक वर्ष अघि बजारमा ठुलो समस्या भएको उद्यमी महेन्द्र प्रधानले बताउनुभयो ।
चीजबाट दर्जनौ प्रकारका परिकार बनाएर खान सकिन्छ । तर चीजको आन्तरिक बजार प्रवद्र्धनमा उद्यमी र सरकारी पक्षले काम गर्न सकेका छैनन् ।
मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत : ‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’