इलाम । नेपाल विद्युत प्राधिकरणले इलाममा १ सय १ प्रतिशत विद्युत महसुल संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा २५ करोड ६७ लाख रुपैयाँको विद्युत बिक्रि गरेकोमा २५ करोड ९४ लाख महसुल संकलन गरेको हो । ९९ प्रतिशत परिवारमा विद्युतको पहुँच पुगेको इलाममा ५४ हजार ७ सय ३९ ग्राहाक संख्या रहको छ । प्राधिकरणले समयमा विद्युतको महसुल नतिर्ने २९ सय ९४ जना ग्राहाकको लाइन काटेको थियो ।
लाइन काटेका ग्राहाकबाट १ करोड ३१ लाख महसुल संकलन गर्नुपर्नेमा १ करोड १९ लाख संकलन गरेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले बताए । विद्युत महसुल नतिर्ने ग्राहाकमध्ये २८ सय २५ ग्राहाकले महसुल तिरेपछि लाइन जोडिएको छ ।
मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत : ‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’