Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकको चहलपहलले गाउँमा उत्पादन भएको तरकारी अन्तुमा खपत

पर्यटकको चहलपहलले गाउँमा उत्पादन भएको तरकारी अन्तुमा खपत

  • सन्देश सम्बाददाता
  • आइतबार, कार्तिक १८ २०८१


पर्यटकको चहलपहलले गाउँमा उत्पादन भएको तरकारी अन्तुमा खपत

सूर्योदय (अन्तु) । इलामको पर्यटकीय क्षेत्र अन्तुमा पर्यटकको चहलपहल बढेपछि स्थानीयबासी तरकारी खेतीमा आकर्षित भएका छन् । पर्यटकको चहलपहले होटल र होमस्टेमा तरकारीको माग बढेसँगै व्यवसायीक तरकारी खेती बढेको हो ।
सूर्योदय नगरपालिका ५ समाल्बुङ्गका तेजबहादूर बम्जम ५ वर्ष अघिसम्म आफ्नो बारिको तरकारी बिक्रि गर्न भारतीय बजारको भर पर्नुपथ्र्यो । तर अहिले पर्यटकीय क्षेत्र अन्तुमा नै तरकारी खपत हुन्छ । सूर्योदय ५ समाल्बुङ्गका सेवाङ् तामाङ पनि अहिले तरकारी खेतीमा आकर्षित छन् । उत्पादन भएको तरकारी स्थानीय होटल र होमस्टेमा खपत हुने भएपछि अन्तु क्षेत्रमा व्यवसायीक तरकारी खेती बढेको हो । व्यवसायीक चिया खेती भएको अन्तुमा खालि रहेका जग्गामा किसानले तरकारी खेती गर्दै आएका हुन् । दैनिक सयौँ पर्यटक आउने अन्तु क्षेत्रमा तरकारीको माग बढ्दो छ । जसका कारण किसानले खालि भएको जग्गामा तरकारी खेतीलाई प्राथमिकता दिएका हुन् । अन्तु पर्यटकीय क्षेत्रमा ७५ वटा होटल र ४३ वटा होमस्टे संचालनमा छन् । यी होटल र होमस्टेमा स्थानीय किसानहरुले उत्पादन भएको तरकारी उपभोग हुने क्रम बढेको हो ।
किसानले इस्कुस, मटरकोसा, सिबि, रायो साग, कोपिको खेती गर्दै आएका छन् । तरकारी बिक्रिका लागि भारत र नेपालका सहर धाउनुपर्ने बाव्यता अन्त्य भएपछि किसानले पनि राम्रो मुल्य पाउने गरेको सूर्योदय ५ का वडाअध्यक्ष उर्गेन बम्जनले बताए ।
सूर्योदय नगरपालिका ४ र ५ मा रहेको अन्तु पर्यटकीय क्षेत्रको छिरुवादेखि अन्तुडाँडासम्म रहेका होटल, होमस्टे पर्यटकको सेवामा छन् । प्राकृतिक सुन्दरता, चिसो मौसममा रमाउन पुग्ने पर्यटकले स्थानीय उत्पादनबाट परिकारको माग गर्दै आएका छन् । जसका कारण यहाँ तरकारी खेतीसँगै कोदो र फापर खेती समेत हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार