इलाम । मकैको खोस्टा र बासँबाट हस्तकला बनाउने तालिम इलाममा सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ इलाम र महिला उद्यम विकास इकाईको आयोजनामा ७ दिने मकैको खोस्टा र बाँसबाट हस्तकला बनाउने तालिमको समापन भएको हो ।

इलाम उद्योग बाणिज्य संघका अभ्यक्ष चेतनाथ पौडेल (कृष्ण) को अध्यक्षता र इलाम नगर प्रमुख केदार थापाको प्रमुख आथित्यतामा तालिममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहभागीलाई पशिक्षक सुमित्रा अधिकारीले तालिम प्रदान गरेकी थिइन् । तालिम समापनमा इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठ, ६ का अध्यक्ष मदन श्रेष्ठ, घुरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख उद्योग अधिकृत एकनाथ दाहाल, इलाम उद्योग बाणिज्य संघका सदस्य ध्रमेन्द्र सुवेदी सुमनको आथित्यता रहेको थियो ।
