मीठो भन्ने कुरा के हो ? स्वाद के हो ? चियाको पारखी वंशराज थापा चियाको स्वादले सन्तुष्ट हुँदैनन् । उसलाई एकदिन विश्वभरको चिया स्वादिलो लाग्दैन । मीठो लाग्दैन । ऊ मीठो चियाको खोजीमा छ । गाउँमा एक शिरिषको रुख छ । जहाँ बेलुका भएपछि तर्साउँछ । धेरै जनाले अनेक उपाय लाउँदा पनि तसांउन छाडेको छैन ।
छोप्न छाडेको छैन । दलसि राईले आफ्नो जाने जत्तिको सबै कुरा गर्दा पनि तर्साउन छाड्दैन । तै पनि गाउँमा अहिले चिया टिप्ने बेला छ । चिया टिप्ने गाउँलेहरुमाझ चियाको आफ्नै गति छ । उनीहरुको आफ्नै लय । चियाको आफ्नै बुझाई । के वंशराजको चिया स्वादिलो होला ? अनि त्यो तर्साउने को हो ? किन तर्साउँछ ? यहि विषयवस्तुलाई नाटकले कथामा बनाउँछ ।
निर्देशन र लेखकीय भनाई :
लकडाउनको बेला चियापत्ति नबिकिरहेको धेरै समाचारहरु आइरहेको थियो । म आफैँ काठमाँडौ रहेपनि इलामको चासो रहिरहने रैछ । भएको यहि थियो । त्यसपश्चायत मैले काठमाडौका पसलहरु चहारे । विशेषगरि काठमाँडौमा कफि कल्चर छ। अनि इलामे पत्ति चियाको ? धेरैजनाले सिटिसी चिया खान्छन् । चिया पत्ति बिक्ने नबिक्ने कुरामा हामीले हाम्रै आन्तरिक बजारलाई कस्तरी हेरिरहेका छौं ।
म आफैँ कुनै व्यापारको व्याकग्राउन्डबाट आउँदिन तर मलाई थाहा भएको कुरा के हो भने । इलाममा हुने हरेक आर्थिक सामाजिक क्रियाकलापहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हामी सम्पुर्ण इलामेहरुको जीवनलाई असर गर्छ । यसो हुँदा हाम्रो काम(नाटक) ले कसरी सहयोग गर्न सक्छौ भन्ने कुराको निरन्तर चिन्तन नै यो नाटकको आधारकथा हो ।
यस्पश्चायत हामीले निर्माण गरेको अभियान हो, ह्यासट्याग इलाम अगेन । ह्यासट्याग इलाम अगेन, इलामेली समाजको पुर्नजागरण अभियान नै हो भन्दा पनि हुन्छ । यसमा शब्दमाथि अगेन हुनुपर्ने नपर्ने दार्शनिक बहस पछि नै गरौंला । अझ म आफैँ पनि फरक आयाम’ नामक साहित्यिक समुहको पनि अभियान्ता रहेको हुँदा कता कता यो फेरि फरक आयामको आधारका तीन जगमध्ये एक माटोको सुगन्ध’ सँग पनि नजिक रहेको छ ।
यसो हुँदा यहि इलामेहरुले बिर्सिन खोजिरहेका इतिहासहरुलाई आफ्नो ढङ्गबाट सम्झने प्रयास गरेका हौं। यो पक्कै पनि लामो अनि कठीन काम हो । देश विकासको ठेक्का हामी युवाहरु लिन सक्दैनौं। देश धेरै नै ठूलो छ तर हाम्रो कर्मबाट हामी समाज यस्तो बन्नुपर्छ भन्ने नमुना बनाउने प्रयास गर्न त सक्छौं नी । चियाबारी, इलामलाई धेरै समयसम्म रहेपनि पनि हाँस्यादपद कुरा यो छ की मैले साँच्चिकै चियालाई चिनेको रहेनछु ।
चियासँग जोडिएको पुरानो इतिहासको सामान्य ज्ञान बाहेक इलामको चियाले धानेको अर्थतन्त्र, समाज आदिको विषयमा यति धेरै अनविज्ञ रहेछु की यसको विषयमा कुरै नगरु । यहि हालत इलामका अन्य धेरै सुन्दर पक्षहरुका पनि छन् । कला फेरि पनि समाजलाई सुन्दर देखाउने बनाउने पक्ष हो यसो हुँदा समाजलाई सबैभन्दा सुन्दर गरि प्रस्तुत गर्नलाई खोज्न जरुरी छ । समाजको अनेकन सुन्दर पक्षहरुको खोजी गर्न आवश्यक छ ।
मञ्चमा प्रस्तुत हुने नाटक एक भाग मात्र हो । तर यससँगै जोडिने युवाहरुको असिम इच्छाशक्ति र त्यसलाई अवसरहरुको प्रचुरता निर्माण गर्नु पनि हाम्रो ध्येय हो । हालको समय पढेर के गर्नु छ र भन्ने युवाहरुमाझ गर्दा यहिँ हुन्छ र हामीले नै हाम्रो समाजलाई सुन्दर बनाउन सक्छौं भन्ने प्रयासहरुमध्ये यो नाटकलाई सुरुवात मान्न सकिन्छ । लगभग १७ जना युवाहरुलाई तिमी कलाकार बन्ने सम्भावना राख्न सक्छौ र हामी जुटे धेरै कुरा गर्न सक्छौं भन्ने मर्मलाई जिवित बनाउनु के चानचुने कुरा हो र ?.
चेतना नाट्य समूहको परिचय :
चेतना नाट्य समूह (CHETANA THEATER), इलाम वि.सं. २०६५ सालमा मानवअधिकार मञ्च नेपाल इलामको आयोजनमा सञ्चालित कचहरी नाटकको कार्यशालाबाट स्थापित भएपनि विधिवत् रुपमा वि.सं. २०७२ मा जिल्ला प्रशासन कार्यलय, इलाममा दर्ता भएको संस्था हो ।
चेतना नाट्य समूह सूर्योदयको जिल्ला इलाममा रहेर नाटकको विभिन्न विधाको प्रवर्द्धन गर्ने कार्यमा क्रियाशील छ । नाट्य समूहसँग कचहरी, PLAYBACK, सडक र मञ्च नाटकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव रहेको छ । हामीले स्थानिय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरी करिब २०० भन्दा बढी नाटक प्रस्तुत गरिसकेको छौं ।
कलाकारहरु
मल्लीका कार्की
भूष्टि लिम्बू
रेबिका तोलागी
आशिका सक्सेन
मोहन राई
बिमला चाम्लिङ्ग राई
समिर कुलुङ राई
मनिष विक
बिमला राना मगर
दर्शन सरकार (घिमिरे)
तेज मगर
निशान देवान
सविता अधिकारी
विष्णु खतिवडा
रोजन गुरुङ
नारी विकासको सभाहल इलाम
२०८० असोज २२ देखि कार्तिक २ गते सम्म
दिनको ४ः३० बजे अतिरिक्त सो शनिबार १२ बजे