पाँचथरः फिदिम नगरपालिका ३ नम्बर वडाको लालीखर्कस्थित मिना दुधडेरीमा शनिवार आगलागी भएको छ ।दिउँसो साढे ३ बजे स्थानीय टिका राईले संचालन गरेको दुधडेरीमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठ र टिनको बेराले बनेको एकतले घरको डेरी भित्र रहेको १० कुईन्टल छुर्पी, घ्यू, दूध जाँच्ने सेनेलाईजर मेसिन थान १, डि(फ्रिज १ थान, ४० लिटर क्रिम, डेरी मेसिन १ थान र तौल मेसिन १ थान पूर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ । स्थानीयको पहलमा आगलागी नियन्त्रणमा आएको र उक्त घटनामा मानवीय तथा चौपाय कुनै क्षति नभएको बताइएको छ ।