Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बिषादी व्यापारको अनुगमन अभाव

इलाममा बिषादी व्यापारको अनुगमन अभाव

  • लोकल सन्देश
  • शनिबार, असोज १५ २०७९


इलाममा बिषादी व्यापारको अनुगमन अभाव

इलाम । बिषादीको प्रयोगबारे जनचेतना जगाउने र नियमन गर्ने निकायको अभावले इलाममा रसायनीक बिषादीको प्रयोग बढ्दो छ । स्वास्थ्यमा पर्ने असरबारे जानकारी नहुँदा व्यवसायीक नगदेवालीमा प्रयोग गरेको बिषादीको असरले इलाममा प्राःणघातक रोगीको संख्या पनि बढेको छ ।

कन्याम चिया बगानसँगै रहेको गोगने गाउँमा एक वर्षमा ५ जना क्यान्सर रोगी भेटिए । सुर्योदय ८ को गोगने गाउँका ५ क्यान्सर पिडितमध्ये ३ जनाले ज्यान गुमाइसकेका छन् । उनीहरुलाई क्यान्सर रोग लाग्नु मुख्य कारण कन्याम चिया बगानमा छर्किने रसायनिक बिषादी रहेको अस्पतालको सिफारिसमा उल्लेख छ ।
चिया बगानमा छर्किने रसायनीक बिषादी गाउँबासीले प्रयोग गर्ने पानीका मुहानमा पुगेर जम्ने गरेको छ । त्यहि पानी प्रयोग गर्दा क्यान्सर रोग फैलनमा सहयोग पुगेको सूर्योदय नगरपालिका निवर्तमान उप–प्रमुख दुर्गादेवी भट्टराईले बताइन् ।
चिया, अदुवा, अलैची, अकबरे खोर्सानीमा पनि पछिल्लो समय रसायनीक बिषादीको प्रयोग बढ्दो छ । जसले गर्दा त्यसको असर अहिले बढ्दो छ । मानव स्वास्थ्यको ख्याल नगरि आर्थीक उपार्जनमा मात्रै ध्यान दिँदा अनियन्त्रित बिषादीको प्रयोगले इलामका नागरिकमा गम्भिर असर पर्न थालेको छ । बिषादीले गर्ने असरका बारेमा किसानलाई जानकारी नहुँदा अनियन्त्रीय बिषादी प्रयोग हुँदै आएको माइजोगमाइ गाउँपालिका सुरेस भट्टराईले बताए ।
पछिल्लो समय व्यवसायीक कृषि खेती बढ्दै जाँदा रसायनीक बिषादीको प्रयोग पनि बढ्दो छ । बढ्दो बिषादी प्रयोगबारे अनुगमन गर्ने निकाय र विज्ञको प्रदेश १ मै अभाव रहेको छ । जसले गर्दा बिषादी व्यवसायको अनुगमनको काम समेत हुन नसकेको १ नम्बर प्रदेश कृषि मन्त्रालयका निर्देशक प्रकाशकुमार डाँगीले बताए । कृषि क्षेत्रमा बढ्दो व्यवसायीक र बिषादीबारे सरकारी निकायले जनचेतना फैलाउनुपर्ने सरोकारवाला बताउँछन् । रसायनीक बिषादीको प्रयोग रोक्न र अर्गानीक उत्पादन बढाउन सरकारीले किसानलाई सहयोग आवश्यक रहेको ताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार