Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लेकाली जंगलमा पाइने जडिबुटी चिङफिङ र टिंबुरको माग बढ्दो

लेकाली जंगलमा पाइने जडिबुटी चिङफिङ र टिंबुरको माग बढ्दो

  • लोकल सन्देश
  • आइतबार, असोज २ २०७९


लेकाली जंगलमा पाइने जडिबुटी चिङफिङ र टिंबुरको माग बढ्दो

सन्दकपूर । इलामका लेकाली क्षेत्रमा पाइने जडिबुटी टिंबुर र चिङ्फिङको व्यवसायीक रुपमा बिक्रि हुन थालेको छ । घरेलु औषधिको रुपमा प्रयोग हुने यी जडिबुटीको अचार समेत स्वादीलो हुने भएपछि सहरी क्षेत्रमा समेत माग बढेको हो । लेकाली क्षेत्रमा पाइने जडिबुटी चिङफिङ र टिंबुरको खरिद बिक्रि हुन थालेको छ । जंगलमा खेर जाने जडिबुटीको महत्वबारे आम नागरिकलाई थाहा भएसँगै चिङ्फिङ र टिंबुरको संकलन समेत बढ्दै गएको जडिबुटीबारे जानकार युवराज पिसिले बताए ।
टिंबुर र चिङ्फिङ घरेलु औषधीको रुपमा प्रयोग हुन्छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले मात्रै प्रयोग गर्दै आएका यी जडिबुटीको महत्वबारे प्रचारप्रसार भएपछि सहरी क्षेत्रमा पनि माग बढ्दो छ ।
चिङफिङ र टिंबुर दुवै नेपाली भान्छामा प्रयोग हुन्छ । भान्छामा प्रयोग हुने अचारमा मिसाएर खाने यी जडिबुटीको अहिले व्यवसायीक रुपमा बिक्रि समेत हुँदै आएको छ । मानिसको पेटमा ग्यास बढेमा, चिसो र खोकि लाग्दा यी जडिबुटीको उमालेर खाएमा निको हुने जनविश्वास छ ।
आम नागरिकले औषधिसँगै अचारमा समेत प्रयोग बढ्दै गएपछि ग्रामीण क्षेत्रका किसानले अहिले संकलन गर्दै आएका छन् । सहरी क्षेत्रमा चिङ्फिङ र टिंबुरको माग बढ्दै गएपछि गाउँका किसानको आम्दानीको श्रोत भएको छ ।
किसानले संकलन गरि टिंबुर र चिङ्फिङको नुनमा डुबाएर प्लाष्टिकको बट्टामा प्याकिङ गरि व्यवसायीक रुपमा बिक्रि गर्दै आएका छन् । सुख्खा टिंबुरको प्रतिकिलो ४ सय रुपैयाँ र चिङ्फिङ ५ सय रुपैयाँमा खरिद बिक्रि हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार