Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ गाउँपालिकाको बहुवनमा प्रहरीको अस्थायी चौकी

इलामको रोङ गाउँपालिकाको बहुवनमा प्रहरीको अस्थायी चौकी

  • लोकल सन्देश
  • मंगलबार, असार १४ २०७९


इलामको रोङ गाउँपालिकाको बहुवनमा प्रहरीको अस्थायी चौकी

बहुबन । इलामको रोङ गाउँपालिका ५ स्थित बहुवनमा नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो तामाङ र उपाध्यक्ष बिष्णु कुमारी भुजेलले अस्थायी प्रहरी चौकीको उद्घाटन गरेका छन् । रोङ गाउँपालिका ५ मा अवस्थित बहुवन क्षेत्र झापा जिल्लासँग सीमा जोडिएको क्षेत्र हो । इलाम झापाको सीमा क्षेत्र रहेको बहुवन क्षेत्रमा स्थानीयबासीले प्रहरी चौकी स्थापनाको माग गर्दै आएका थिए । स्थायी प्रहरी चौकीमा अहिले असहिको कमाण्डमा लक्ष्मी प्रसाद दुलालको नेतृत्वमा ६ जनाको टोली अहिले चौकीमा खटिएका छन् ।


प्रहरी प्रधान कार्यालयको असार ७ गतेको निर्णयबाट अस्थायी प्रहरी चौकी स्थापना भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख बलराम गिरिले बताए । जनताको माग अनुसार प्रहरी चौकी स्थापना भएको र अहिले भाडाको घरमा संचालनमा आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार