Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कुटिडाँडा टोल विकास संस्थाको अध्यक्षमा राज लिम्बू निर्वाचित

कुटिडाँडा टोल विकास संस्थाको अध्यक्षमा राज लिम्बू निर्वाचित

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २४ २०८३


कुटिडाँडा टोल विकास संस्थाको अध्यक्षमा राज लिम्बू निर्वाचित

रोङ : इलामको रोङ गाउँपालिका–३ कुटिडाँडामा रहेको कुटिडाँडा टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभाले राज लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। साधारण सभाबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा शुष्मा राई (नानू) , सचिवमा संगम राई र कोषाध्यक्षमा प्रीया बस्नेत निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा टाइसन राई, बलबहादुर राउत, निशा राना (राई), सविता राई, अंकित निरौला, बिगेश भुजेल र याम मुखिया चयन भएका छन्। सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै संस्थाले टोलको विकास, स्थानीयवासीबीच सहकार्य तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार