Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र अन्तुमा सूर्योदय नगरपालिकाको आर्थिक सवृद्धिबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया

पर्यटकीय क्षेत्र अन्तुमा सूर्योदय नगरपालिकाको आर्थिक सवृद्धिबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया

  • लोकल सन्देश
  • बुधबार, जेष्ठ १८ २०७९


पर्यटकीय क्षेत्र अन्तुमा सूर्योदय नगरपालिकाको आर्थिक सवृद्धिबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया

अन्तु । इलामको पर्यटकीय क्षेत्र अन्तुमा सूर्योदय नगरपालिकाको आर्थिक विकास र संस्थागत विकासबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगर उद्योग बाणिज्य संघकाे आयोजनामा  सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । इलामको ठुलो जनसंख्या भएको स्थानीय तह सूर्योदयमा कृषि र पर्यटकीय क्षेत्रमा रहेका संभावना र चुनौतीका बारेमा सरोकारवालरिासँग अन्तरक्रिया गरेको हो । पर्यटन, कृषि र दुग्ध व्यवासयमा अगाडि रहेको नगर क्षेत्रमा उद्योग बाणिज्य संघले सरोकारवालाहरुसँग सुझाव संकलन गरि नगरपालिकालाई कार्यक्रमबाट संकलित सुझाव र समस्यालाई प्रतिवेदनका रुपमा हस्तान्तरण गर्ने योजना अनुरुप सूर्योदय ४ र ५ नम्बर वडाका उद्योगी, व्यवसायी र किसानको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रम अन्तरगत फिक्कल र कन्याम क्षेत्रमा सरोकारवालाहरुसँगको अन्तरक्रिया सम्पन्न भइसकेको छ । सूर्योदय वडा नम्बर ४ र ५ का उद्योगी व्यवसायीको उपस्थितिमा अन्तु पर्यटन क्षेत्रको अन्तु पर्यटन सुचना केन्द्रको हलमा संचालन भएको कार्यक्रममा उपस्थित बढी सहभागिले नगरको आर्थिक विकासमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । राउण्ड टेवल तथा अन्तरक्रियाका लागि का लागि सूर्योदय नगरपालिकाले आर्थिक सहयोग गरेको छ । सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका वडा नम्बर ४ का सदस्य उमेश पोखरेल, जिवन न्यौपाने र वडा नम्बर ५ का वडा सदस्य आकाश लाप्चाको आथित्यता रहेको थियो ।


कन्याम, अन्तु, पशुपतिनगर, तिनघरे र फिक्कल गरि ५ स्थानमा सरोकारवालासँग अन्तरक्रिया गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । नगर भित्रका उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्न पहल गर्ने र नगर क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यले गरि अन्तरक्रियामा गाई पालक किसान, होटल तथा होमस्टे व्यवसायी, पर्यटन व्यवसायी, सहकारीकर्मी, बैक तथा वित्तिय संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा होमस्टे एशोसिएसनका केन्द्रिय उपाध्यक्ष एकराज घिमिरेले सूर्योदय नगरपालिका ४ र ५ मा पर्यटन कृषि क्षेत्रमा सरकारी लगानी बढ्नुपर्ने बताए । घिमिरेले किसानले उत्पादन गरेको चियाको मूल्य राम्रो नभएको र मल पनि उचित मूल्यमा नपाएको बताए ।

पर्यटनको बढी संभावना भएकाले सरकारी निकायले होटल र होमस्टे संचालक, यातायात मजदूरलाई तालिम दिनुपर्ने बताए । कार्यक्रमा पर्यटन व्यवसायी प्रेम थेवे, रुद्र घिमिरे, कैलास प्रधानले कृषि, पशुपालन र पर्यटन क्षेत्रमा सूर्योदय नगरपालिकाले लगानी बढाउनुपर्ने बताएका थिए । कार्यक्रममा सहकारीकर्मी शान्ता खड्काले किसानलाई पेन्सन हैन मल र मल, बिऊ उपलब्ध गराउनुपर्ने बताए । उनले सूर्योदय नगरपालिका ४ र ५ वडामा कृषि उपज संकलन केन्द्र र शीतभण्डारको आवश्यकता रहेको बताइन् । उनले कृषि क्षेत्रमा क्रियासिल किसानलाई आधुनिक खेतीबारे तालिम समेत प्रदानमा राज्यले ध्यान दिनुपर्ने बताइन् ।


कार्यक्रममा चिया उद्योगी तथा किसान उदय लावती र याम बहादूर राईले चियाको खेती, प्रशोधन र बजारीकरणमा राज्यले ध्यान दिनुपर्ने बताए । कार्यक्रम अन्तु क्षेत्रको पर्यटन व्यवसायमा योगदान दिएका होमस्टे व्यवसायी तथा अन्तु पर्यटन विकास केन्द्रका धनकुमार आहालेले पर्यटकको आकर्ष भएपनि अझैपनि सडक पूर्वाधार र पदमार्गको अभाव रहेको बताए । उनले पर्यटकलाई राम्रो सेवा दिनका लागि यातायात व्यवसायीलाई पनि तालिमको आयोजना गर्नुपर्ने बताए । कार्यक्रममा चिया उद्यमी सरण राई, होमस्टे संचालक खगराज घिमिरे, गाई फार्म संचालक भरत लामिछाने, सिवराज घिमिरे बिजय न्यौपाने लगायतले सूर्योदय नगरको आर्थिक विकासका लागि आफ्ना धारणा राखेका थिए । कार्यक्रमको समापन मन्तव्य राख्दै सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले उद्योग बाणिज्य संघले नगर क्षेत्रको आर्थिक विकासमा नगरपालिकालाई सहयोग गर्दै अघि बढ्ने योजना बनाएको बताए ।
कार्यक्रमको संचालन उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले संचालन गरेका थिए भने कार्यक्रमको औचित्यमाथि संघका महासचिव तोयानाथ भट्टराईले प्रकाश पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार