Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माङसेबुङ चिसापानी पञ्चमीमा डोजो उद्घाटन तथा ग्रेडिङ्ग सम्पन्न

माङसेबुङ चिसापानी पञ्चमीमा डोजो उद्घाटन तथा ग्रेडिङ्ग सम्पन्न

  • लिला सुब्बा
  • आइतबार, जेष्ठ १५ २०७९


माङसेबुङ चिसापानी पञ्चमीमा डोजो उद्घाटन  तथा ग्रेडिङ्ग सम्पन्न

माङसेबुङ । माङसेबुङ चिसापानी पञ्चमीमा कराते खेल बिस्तार संगै सितोरियो कराते डोजो खेल उद्घाटन तथा ग्रेडिङ्ग समारोहमा चिसापानी पञ्चमीका प्रशिक्षक बिवेक लावतीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख अतिथि माङसेबुङ गाउँ पालिका अध्यक्ष हेमन्त राई, बिशेष अतिथिहरूमा वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साम्पाङ्ग राई, जिल्ला खेलकूद कराते खेलका प्रमुख तथा अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ्गको उपस्थितमा उद्घाटन तथा ग्रेडिङ्ग सम्पन्न भएको हो।
उद्घाटन समारोहमा माङसेबुङ गाउँ पालिका वर्तमान अध्यक्ष हेमन्त राईले खेलकुदमा लगानि गर्ने खेलबाट माङसेबुङलाई चिनाउन आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


त्यसैगरी प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ्ग द्वारा उद्घाटन तथा ग्रेडिङ्गमा चिसापानी पञ्चमीमा र चुलाचुली फुङ्नाम डोजोका सहभागी ६५ जना जुनियर खेलाडीहरूको खेल स्तर बृद्धिको लागि प्रशिक्षण तथा एकदिने सेमिनारमा सफल खेलाडीहरूलाई करातेको बारेमा प्रशिक्षण साथै मार्सल आर्टबाट लिएको शिक्षा आत्मारक्षा गर्ने अनुशासन ,बिकाश र गतिशिलता खेलबाटै आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण दिएका थिए।
कार्यक्रमको अन्त्यमा चिसापानी पञ्चमी डोजोका प्रशिक्षक बिवेक लावतीले ग्रेडिङ्गमा सहभागी हुने जुनियर खेलाडीहरूलाई बधाई तथा शुभकामना दिंदै कार्यक्रम अन्त्य गरेको घोषणा गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार