Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गाउपालिका अध्यक्ष दिपेन्द्र खनालले गरे पदभार ग्रहण,३ वटा निर्णय

गाउपालिका अध्यक्ष दिपेन्द्र खनालले गरे पदभार ग्रहण,३ वटा निर्णय

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ ९ २०७९


गाउपालिका अध्यक्ष दिपेन्द्र खनालले गरे पदभार ग्रहण,३ वटा निर्णय

फाकफाेकथुम । गाउपालिका अध्यक्ष दिपेन्द्र खनालले पदभार ग्रहण गर्दै ३ वटा अादेश जारी गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले गाउपालिका भित्र सम्पूर्ण फुसका छाना बिस्थापित हुन नसक्नुका कारण तत्काल खाेजि गरि त्यसलाई १ बर्ष भित्र अभिलम्ब बिस्थापित गरी अघि बढाउने घाेषणा गरेका छन् । उनले फाकफाेकथुमकाे गाउपालिका कार्यलय भएकाे शुक्रबारे बजार क्षेत्रमा धुलाे र हिलाे रहित बनाउन आबश्यक कालाेपत्रे याेजनाकाे प्राबिधिक लागत स्टिमेट बनाउन ईन्जिनियरहरुलाई निर्देशन दिएका छन् ।
उनले नेपाल सरकारले  साताकाे २ दिन शनिवार र आईतवार सार्वजनिक विदा दिनेभनि राजपत्रमा समेत सुचना प्रकाशित गरिसकेकाे अवस्थामा यस फाकफाेकथुम गाउपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु र  सरकारी कार्यालय साताकाे १ दिन शनिबार मात्र बिदा गरि बाँकी ६ दिन याथावत रूपमा सञ्चालन गर्ने फायलमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार