सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुवुङमा जारी प्रथम माघे संक्रान्ति गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ। टारी फुटबल क्लबको खेलमैदानमा जारी प्रतियोगिताको पहिलो सेमीफाइनलमा एसबाइसी प्याङ र आइएफसी बिच हुनेछ । त्यसैगरी दोश्रो खेलमा जमुनाले जसबीरेसँग प्रतिस्पर्धा गर्नेछ ।
माघे संक्रान्तिको पावन अवसरमा गत पुष २५ गतेबाट जारी प्रतियोगितामा २८ टोलीको सहभागिता रहेको थियो । माघ १ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले ३१ हजार र उपविजेताले २० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ ।