Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मुक्तिनाथ विकास बैंक इलामद्वारा स्वीटर बितरण

मुक्तिनाथ विकास बैंक इलामद्वारा स्वीटर बितरण

  • लोकल सन्देश
  • बुधबार, पौस २८ २०७८


मुक्तिनाथ विकास बैंक इलामद्वारा स्वीटर बितरण

इलाम  । मुक्तिनाथ विकास बैंकले इलाममा बिद्याथीलाई न्यानो कपडा बितरण गरेको छ । जिल्लाको सदरमुकामा रहेको सामुदायिक बिद्यालय आदर्श मा।बि।अध्ययनरत एक सय जना बिद्यार्थीलाई स्वीटर बितरण गरेको हो । इलाम शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जाडोको समयमा बालबालीकाको लागि उपयोगी न्यानो कपडा बितरण गरेको बैंकका शाखा प्रमुख सुबास भट्टराईले जानकारी दिए ।

गत पौष १९ गते बाट १६ औं बर्षमा प्रबेश गरेको यस बैंकले बार्षिक उत्सबको अवसरमा एकै साथ ३२ वटा शाखाको समुत्घाटन समेत गरेको थियो । “जनता बैकमा होइन, बैक जनतामा जानु पर्दछ”भन्ने मुल नारा लिएको यस बैंकको देशभर १६६ वटा शाखा सञ्चालित छन ।

डिजिटल कारोवारमा जोड दिंदै आएको यस र्बैंकको एटिएम कार्ड प्रयोग गरि देशभरका भिसा नेटवर्कमा आबद्घ जुन सुकै एटिएम बाट निशुल्क रकम झिक्न सकिने ब्यवस्था मिलाएको छ । त्यसै गरि मोवाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा तथा मुद्घती आबेदन , अनलाइन खाता खोल्ने , इन्टरनेट बैंकिङ लगायतका सेवाप्रदान गर्दै आएको यस बैंक हाल देशकै सर्बोत्कृष्ट बिकास बैंकको रुपमा परिचित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार