Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गोर्खे कृषि सहकारी संस्था को अध्यक्षमा गणेश सुवेदी

गोर्खे कृषि सहकारी संस्था को अध्यक्षमा गणेश सुवेदी

  • लोकल सन्देश
  • बुधबार, पौस २८ २०७८


गोर्खे कृषि सहकारी संस्था को अध्यक्षमा गणेश सुवेदी

गोर्खे । इलामको सूर्योदय नगरपालिका १ स्थित गोर्खे कृषि सहकारी संस्था को अध्यक्षमा गणेश कुमार सुवदी चयन भएका छन् । बचत गरौँ गरिबि अन्त्यका लागि काम गरौँ भन्ने अभियानका साथ स्थापना भएको सहकारीको साधारणले अध्यक्षमा सुवेदीलाई चयन गरेको हो । त्यस्तै उपाध्यक्ष गिता भट्टराई, सचिव सरोज आचार्य, सह सचिव धनमाया कटुवाल, कोषाध्यक्ष जयन्ती सावाँ, सदस्यमा सन्तोश आचार्य र गोविन्द भट्टराई चयन भएका छन् ।

साधारणसभाको को अध्यक्षता गोखे कृषि सहकारी संस्था को अध्यक्ष पुप्प लाल आचार्य र प्रमूख अतिथि संस्था बयोवृद सदस्य तथा समाजसेवी बृख बहादुर साँवा को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
साधारणसभामा ४७ लाख भन्दा बढीको आय व्यय प्रस्तुत गदैं संस्था ले धेरै दुध बेच्ने र राम्रो फ्याट भएको गाई पालक किसानहरुलाई पुरुस्कार र सम्मान गदैं नयाँ नेतृत्व चयन गरेको हो । संस्थामा आवद्ध किसान गीता भटराई, धनबहादुर साँवा जयन्ती साँवा, अजुन॔ कुमार भटराई, पूण॔ बहादुर कार्की ,गजेन्द्र आचार्य, बिमल लिम्बु, गोबिन्द भटराईलाई पाँच लिटर को क्याल्सियम दिएर पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार