दानाबारी । इलामको माई नगरपालिकामा उप–मेयर सुत्केरी पोषण कार्यक्रम प्रभावकारी भएको छ । स्वास्थ्य स्वास्थ्यमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उदेश्यले नगरपालिकाले उप–मेयर सुत्केरी पोषण कार्यक्रम शुरु गरिएको हो । २०६७÷७७ बाट आर्थिक वर्षबाट शुरु भएको कार्यक्रममा अहिले महिलाहरुको आकर्षण बढेको छ । यातायात खर्च ५ हजार नगद दिने र स्वास्थ्य सेवा निःशुल्क भएपछि निम्न आय भएर स्वासथ्य संस्था आउन नचाहाने महिलाहरु स्वास्थ्य संस्थामा आउन थालेको माई नगर उप–प्रमुख बिष्णुमाया आर्चायले बताइन् ।
चौमासिक रुपमा स्वास्थ्य जाँच नगराउने आर्थिक अवस्था कमजोर भएर घरमै बच्चा जन्माउने महिलाहरु अहिले उप मेयर सुत्केरी पोषण कार्यक्रम पछि स्वास्थ्य संस्थामा पुग्न थालेका छन् । जसले गर्दा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएको र बालमृत्युदर पनि घटेको उप–प्रमुख आचार्यले बताइन् । ५ हजार रुपैयाँमा नगदसँगै माई नगरपालिका भित्रका स्वास्थ संस्थामा बच्चा जन्माउन नसकेमा नगरपालिकाले रेफर गरिएको अस्पतालसम्मा निःशुल्क एम्बुलेन्सबाट पुर्याउने गरेको छ ।
माई नगरपालिकामा महमाई, दानाबारी, चिसापानीमा बर्थिङ सेन्टरहरु रहेका छन् । शुरुका वर्षमा यस कार्यक्रममा सहभागि हुने महिलाहरुको आकर्षण कम भएपनि अहिले सहभागिता बढ्दै गएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा संघीय सरकारबाट पाउने २ हजार यातायात खर्च, ८ सय उत्प्रेरणा खर्च गरि जम्मा सात हजार आठ सय पाउने छन् । सुत्केरी प्याकेज कार्यक्रममा ५ केजि चामल, दुई केजि चना, २ केजी मटर, आइनटोनीक, क्याल्सियम औषधि, काजु किसमिस, छोकडा र बदाम एक किलो प्रदान गरिँदै आएको स्वास्थ्य शाखा प्रमुख कट्टेलले बताए । पोहिलो आर्थिक वर्षमा यो कार्यक्रममा आर्थिक २०६७÷७७ वर्षमा ९८ जनालाई महिलाहरु सहभागी भएका थिए ।
माई नगरपालिका स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा गत बर्ष दानाबारिमा ७७ ,महमाईमा ४९ र चिसापानिमा ४० जना महिलाहरु यो कार्यक्रमको सेवा लिएका छन् । चालु आर्थिक वर्षको पोहिलो चौमासिकमा दानाबारी बर्थिङ सेन्टरमा ३५ जाना, महमाईमा १७ र चिसापानीमा १५ जनाले बच्चा जन्माएका थिए । यो कार्यक्रममा माई नगरपालिकासँगै झापाको अर्जुनधारा नगरपालिका, इलामको इलाम नगरपालिका र देउमाई नगरपालिका निवासी सुत्केरी महिलाले पनि सेवा लिँदै आएका छन् ।