इलाम । काठमाडौँबाटट मोटरसाइकलमा इलाम घर फर्कदै गरेका ३९ बर्षका मनिराज मगरको सोमवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । माई नगरपालिका–७ घर भएका मगर उदयपुर कटारी नगरपालिका–४ स्थित ककरु खोलामा दुर्घटनामा परेका थिए ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मे ८ प ४८९८ नम्बरको मोटरसाइकलमा सवार मगर साईकलयात्रीले बाटो काटेपछि साईकल यात्रीलाई जोगाउन खोज्दा पुलको पेटिमा ठोकिएका थिए। घाईते मगरलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल उदयपुर हुदै नोवेल मेडिकल कलेज विराटनगर पुर्याईएको भएपनि उपचारका क्रममा उनको ज्यान गएको हो ।
उनको शवलाई नोवेल अस्पतालमै राखिएको छ । भोलि पोष्टमार्टम पछि घर ल्याईने स्थानीय पत्रकार बुद्दराज योङहाङले जानकारी दिए। मगर नेकपा एमाले माई नगरपालिका–७ का सचिव हुन् ।