सूर्योदय । सूयोदय नगर खेलकुद विकास समितिको आयोजनामा वाड स्तरीय प्रथम मेयर कप संञ्चालन हुने भएको छ। सूर्योदय नगर भित्रका १४ वटा वडा खेलमा सहभागी हुने विजेता टिमलाई नगद १ लाख र उप विजेता टिमलाई नगद ६० हजार सहित ट्रफि प्रदान हुने। आयोजना सूर्योदय नगर पालिका वाड नं ९ को एम एफ सी खेल मैदानमा पौष १० गतेबाट हुने सूर्योदय नगरपालिका वडा नम्बर ९ का सदस्य जय रुपाबुङ राईले बताए ।
वडा स्तरीय फुटबल प्रतियोगिताको आज पत्रकार सम्मेलन गरि नगर खेलकुद विकास समितिको अध्यक्ष सरण राई र सदस्य सचिव योगनिधि भट्टराईले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।