Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

नेकपा एकीकृत समाजवादीको फाकफोकथुममा पालिका कमिटी गठन

नेकपा एकीकृत समाजवादीको फाकफोकथुममा पालिका कमिटी गठन

  • लिला सुब्बा
  • आइतबार, पौस ४ २०७८


नेकपा एकीकृत समाजवादीको फाकफोकथुममा पालिका कमिटी गठन

फोकफोकथुम ।  इलाम क्षेत्र नं २ को फाकफोक थुम गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पालिका कमिटी गठन भएको छ।
देशैभरि नेकपा एमालेबाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी जाने क्रममा सुवास चन्द्र नेम्वाङ्गको इलाम क्षेत्र दुइ फाकफोकथुममा पनि धमाधम एमालेबाट बिद्रोह गरेर नेकपा एकिकृत समाजबादीमा गठन गर्ने काम भएको हो । संगठन विस्तार गर्ने पार्टीको निति अनुसार फाकफोकथुम पालिकामा पार्टीको कमिटी निर्माण गरिएको युवा संघका केन्द्रीय सदस्य सुनिल खनालले जानकारी दिए ।
फाकफोक थुम गाउँ पालिका स्तरीय आमचोकमा बसेको भेलाले सोम सर्मा संयोजकत्वमा ,नन्द गुरूङ्ग, टंक खनाल,उदय खनाल, सुनील खनाल,मिलन मगर र डिक बहादुर भारती रहेको पालीका कमिटी गठन गरेको हो । पालिका कमिटीले पुष २० गतेसम्ममा प्रत्येक वडा कमिटि गठन गरिसक्ने र पौष अन्तिममा गाउँ कार्य कमिटीको बृहत भेला गर्ने निर्णय रहेको संयोजक सोम सर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार