Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दक्षिणि माई नगरपालिकामा १५ बेडको अस्पताल धमाधम (फोटो फिचर)

दक्षिणि माई नगरपालिकामा १५ बेडको अस्पताल धमाधम (फोटो फिचर)

  • तेजबहादुर घिमिरे
  • आइतबार, पौस ४ २०७८


दक्षिणि माई नगरपालिकामा १५ बेडको अस्पताल धमाधम (फोटो फिचर)

माई । डाक्टर सहितको स्वास्थ्य सुविधा लिन बञ्चित दक्षिणि इलामको माई नगरपालिकामा १५ बेडको अस्पताल निर्माण शुरु भएको छ । सामान्य विरामी हुँदा समेत झापाको विर्तामोड पुग्ने नगरबासीका लागि अस्पताल निर्माणपछि घर गाउँमै उपचार पाउने भएपछि खुशि भएका छन् ।
दक्षिणि इलामको माई नगरपालिकामा १५ बेडको अस्पताल निर्माण शुरु भएको छ ।

सरकारले एक स्थानीय तह एक अस्पताल निर्माणको गर्ने निर्णय गरेसँगै माई नगरपालिकामा अस्पताल निर्माण शुरु भएको नगर प्रमुख दिपक थेवेले बताए । विषेशज्ञसहितको स्वास्थ्य सुविधा लिनबाट बञ्चित भएका माई नगरपालिका बासी अस्पताल निर्माण शुरु भएपछि खुशि भएका छन् ।

सामान्य विरामी हुँदा समेत डाक्टर सहितको सुविधान लिन झापाको विर्तामोड पुग्ने नगरबासीका लागि अस्पताल निर्माणपछि घर गाउँमै उपचार पाउनेमा ढुक्क भएको स्थानीय तेजबहादूर घिमिरेले बताए ।


माई नगरपालिका २ को साढे १० रोपनी क्षेत्रफलमा अपस्तालको निर्माण हुँदै छ । २०७८ असारमा निर्माणको संझौता भएको अस्पतालको काम २०८० असारसम्ममा सम्पन्न गर्नुपर्ने छ । अस्पतालका निर्माणको काम ओमसाई एस ए एस देवीडाँडा जेभिसँग ठेक्का संझौता भएको छ ।


अस्पलातका संरचना निर्माणमा १० करोड ७० लाख २४ हजारमा खर्च हुनेछ । अस्पताल हाताभित्र १५ शैयाको अपताल, डाक्टर क्वाटर, नर्स क्वाटर, चमेना गृह, सुरक्षा घर निर्माण हुनेछन् । सरकारले भुक्तानी दिन ढिलाई नगरे संझौता मिति अगावै निर्माण सकेर हस्तान्तरण गर्ने निर्माण व्यवसायी नविन तामाङले बताए ।


अस्पताल निर्माणको कामको प्रगति अहिले १५ प्रतिशत छ । अस्पतालमा मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मीको दरबन्दि व्यवस्था गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार