गोर्खे । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी,सूर्योदय नगरपालिका वडा नं १ गोर्खेको प्रथम वडा भेलाले ९ पदाधिकारी सहित ४९ सदस्यीय वडा कमिटि गठन भएको छ।
भेलाबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी,सूर्योदय नगरपालिका वडा नं १ अध्यक्षमा दिलु लिम्बू,उपाध्यक्षमा सन्त बहादुर बस्नेत, गोपाल लिम्बू,र संगीता वि क चयन भएका छन् । वडा कमिटीको सचिवमा विमल तामाङ, सह– सचिवमा मिलन राई, सनाथ लिम्बू र सुजता बजगाई चयन भएका हुन् ।
भेलाबाट कोषाध्यक्षमा लिला कार्की चयन भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी केन्द्रिय सदस्य तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रमुख आथित्यतामा र सूर्योदय नगरपालिका प्रमुख तथा एकिकृत समाजवादीका जिल्ला नेता रणबहादूर राईको आथित्यतमा वडा भेला आयोजना गरिएको थियो ।