Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

निर्भानालाई उपाधि

निर्भानालाई उपाधि

  • सराेज निराैला
  • मंगलबार, कार्तिक १६ २०७८


निर्भानालाई उपाधि

फिक्कल । रम्फोक फुटब क्लबको आयोजनामा सम्पन्न खुल्ला लाते भकुण्डो प्रतियोगिताको उपाधी निर्भाना फुटबल क्ल्व फिक्कलले जितेको छ । आज सम्पन्न फाईनल खेलमा पशुपतिनगर फुटबल क्लबलाई ५–३ अन्तरले हराउदै फाईनल उपाधी चुमेको हो ।

पहिला हाफमा बनाएको २ गोलको अग्रता जोगाउन नसक्दा पशुपतिनगर उपाधि जित्नबाट बञ्चित बन्यो । बिजेता निर्भानाले ५० हजार को साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा पशुपति युवा परिवार दोस्रो ट्रफिको साथमा २५ हजार प्राप्त ग¥यो ।

खेलमा निर्भाना एफसिका सुशिल सुब्बा उत्कृष्ट खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ता पशुपतिनगरका निङमा गुरुङ, उत्कृष्ट डिफेन्डर पशुपतिनगरका सुमन राई, उत्कृष्ट गोलरक्षक निर्भानाका बिबेक मगर घोषित भए । प्रतियोगिताको उदियमान खेलाडी रम्फोक एफसीका आयुस तिमसिना घोषित भए ।

आयोजक समितिका अध्यक्ष बिनु खडकाको अध्यक्षता सुर्योदय नगरपालिका नगरप्रमुख रण बहादुर राई को प्रमुख आतिथ्यतामा वाड न ९ को अध्यक्ष देबेन्द्र शर्माको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा आयोजक समितिका इन्द्र तामाङले स्वागत मन्तब्य राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार