Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

विकास मेराग्लियाले च्यासलबाट ए डिभिजन लिग खेल्ने

विकास मेराग्लियाले च्यासलबाट ए डिभिजन लिग खेल्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ५ २०७८


विकास मेराग्लियाले च्यासलबाट ए डिभिजन लिग खेल्ने

इलाम । नेपाली मुलका इटालियन फुटबलर विकास मेराग्लियाले शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । १३ बर्षपछि नेपाल फर्किएका विकासले ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने पक्का भएको हो । च्यासलले विदेशी खेलाडीको कोटामा विकासलाई अनुबन्धन गरेको जनाएको छ । उनले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।

विकास च्यासल क्लबमा १ बर्षसम्म रहनेछन् । क्लबका अध्यक्ष रमेश व्यञ्जनकार र विकासले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । इटालीको यू–१६ राष्ट्रिय टोलीबाट समेत खेलिसकेको विकास २००८ मा ६ वर्षको उमेरमा इटाली गए यता पहिलो पटक नेपाल आएका हुन् ।

विकासले इटालियन सिरिए क्लब एटलान्टाको जुनियर टिमबाट खेलेका छन् । उनले इटालीको चौथो डिभिजनको लिग ‘सिरी डी’ मा माकाटोलिका र मारिग्लयानेसको सिनियर टोलीमा समेत खेलेका छन् । क्लबसंग सम्झौता पछि बोल्दै विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए खुशी हुने बताए । उनले नेपालको वातावरण हेरेर निर्णय लिने बताए ।

‘अहिले नेपाल आएर यही गर्छु भने निर्णय गरेको छैन । अहिले क्लबमा ध्यान केन्द्रित गर्छु । बाँकी यहाँको वातावरण हेरेर निर्णय लिन्छु’ अट्याकर तथा लेफ्ट विंगर विकासले भने ‘ म १३ वर्ष अघि नेपाललाई मुटुमा लिएर गएको थिए र मेरो केहि सपना थिए । म कसरी नेपाल जान सक्नु भन्ने सम्झन्थे । तर यो सपना १३ वर्षपछि पुरा भएको छ र आउन पाउदा खुसी छु ।’

विकासले इटालीको भन्दा नेपालमा गर्मी भएको र नेपालमा आउँदा आफूले ‘फ्री’ महसुस गरेको बताए । ‘इटालीबाट नेपालको उडान लामो भयो । नेपाल झर्दा म ‘फ्री’ भएको जस्तो भएँ । मौसम इटालीभन्दा गर्मी छ । सबैलाई धन्यवाद दिन चाहन्छु’, विकासले आफू नेपाली फुटबलबारे पछिल्लो समय पछ्याएको र राम्रो स्तर रहेको बताए ।

उनले टोलीसँग प्रशिक्षण गर्दा नेपाली खेलाडी खेल मात्र नभएर निकै सहयोगी भावनाको रहेको बताए । ‘ पहिला मलाई नेपाली फुटबल लिग कहा हेर्ने र के हेर्ने भन्ने ठ्याक्कै थाहा थिएन तर अहिले मैले नेपालको खेलको भिडियो हेरेको थिए र मलाई राम्रै लागेको छ ।’ यसअघि क्लबले राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई अनुबन्धन गरेको थियो ।

यस्तै राष्ट्रिय टोलीका सदस्य कमल श्रेष्ठलाईसमेत अनुबन्धन गरेको छ । च्यासलले टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल र टेक्निकल डिरेक्टरमा ले मान्सनलाई अनुबन्ध गरिसकेको छ । च्यासलले यस पटक आफ्नो अनुमानित बजेट दुई करोड हुने बताएको छ । लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार