Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा लघु उद्यम कार्यक्रममा सहभागीलाई प्रविधि हस्तान्तरण

माई नगरपालिकामा लघु उद्यम कार्यक्रममा सहभागीलाई प्रविधि हस्तान्तरण

  • लोकल सन्देश
  • शुक्रबार, असोज २२ २०७८


माई नगरपालिकामा लघु उद्यम कार्यक्रममा सहभागीलाई प्रविधि हस्तान्तरण

माई । इलामको माई नगरपालिकामा आयोजनामा आ.ब. ०७७÷७८ मा गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रममा सहभागीलाई प्रविधि हस्तान्तरण गरिएको छ ।


विभिन्न विषयका सीप विकास तालिम लिएका सहभागिहरूलाई एक समारोहका बिच माई नगर प्रमुख दिपक कुमार थेबेले प्रविधि हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बेमौसमी तरकारि खेती सम्बन्धि तालिम लिएका १४ जना सहभागिलाई प्लास्टिक टनेल, ग्रिननेट ,मल्चिङ्ग प्लास्टिक, नर्सरी ट्रे, गरि २ लाख ६९ हजार ९ सय ९० रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।


कार्यक्रमबाट सिलाई तालिम लिएका सहभागिलाई १ लाख १४ हजार ६ सय ९५ बराकरको सिलाई मेशिन, बाख्रापालन तालिम लिएकालाशई ६२ हजार १ एक सय बंगुरपालन तालिम लिएका लाई २२ हजार र हाउसवायरिङ तालिम लिएका सहभागिलाई १५ हजार गरि कुललगत ४ लाख ८३ हजार ७ सय ८५ रुपैयाँ बराबरको प्रविधि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार