सन्दकपूर । नेपाली काँग्रेस सन्दकपुर गाउपालीका सभापति पदमा तुलाराम गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङ सन्दकपूर गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । आज भएको पालिका अधिवेशनबाट गुरुङ निर्वाचिन भएका हुन् ।
तुलाराम गुरुङले ३८, अर्का सभापतिका प्रत्यासी धनबहादुर खाम्दाकले ३३ र वालकृष्ण गुरुङले २१ मत प्राप्त गरेका छन् । गुरुङ नेपाली कांग्रेस जिल्ला सभापतिका प्रत्यासी डम्बर खड्का पक्षधर नेता हुन् ।