इलाम । नेपाली कांग्रेसको स्थानीय तहमा नेतृत्व छनौटका लागि अहिले इलामका १० वटै स्थानीय तहमा निर्वाचन प्रक्रियाको थालनी भएको छ ।
संघीयता अनुरुप पहिलोपटक नेतृत्व छनौट गर्दै आएको नेपाली कांग्रेसको पालिका नेतृत्वका लागि अहिले मनोनयन गर्ने काम भइरहेको छ ।
इलामका १० स्थानीय तहका वडा नेतृत्व छनौट भइसकेको छ । इलामका ४ नगरपालिका र ६ गाउँपालिकाहरुमा नेतृत्व चयनका लागि अहिले निर्वाचन प्रक्रियाको काम हुँदै आएको हो ।
