Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

“रिसाएको कलमका मन्त्र”

“रिसाएको कलमका मन्त्र”

  • केपी ढकाल
  • मंगलबार, असार ८ २०७८


“रिसाएको कलमका मन्त्र”

रिसाएको कलम यो

लौ न के के भन्छ

झिर जस्ता वाक्य बोल्छ

गीता पढ्छु भन्छ।

पर्माणु र अणुबम

पड्के जस्ताबाट शब्द

फटाहाको झ्याँको झार्ने

मन्त्रै मन्त्र जप्छ।

छहारी छ शहीदको

सिरानी छ सत्ता

लोतिखरे पानीआन्द्रे

जे गरे नि भत्ता।

जलगैंडा जस्ता भए

थिए सुइँखुट्टे

बकम्फुसे कुरा गर्छन्

वुद्धि सारै भुत्ते।

सगर्माथा चुली नाघ्ने

भ्यागुतो झैं उफ्रि

मुलाङ्खरे लोमुतेले

किन लाउँनु घुर्की।

भिरङ्गिले सताएका

ढिंडे धोति

श्रीमती र साला साली

भित्रियालाई भत्ता।

धोतिबाट टाउकोमा

पुगेका ति जुम्रे

मोटाएर ढाडी सबै

सिद्रा जस्ता लुम्रे।

राजनीतिको गर्मी चडे

उडुस भित्र पस्ने

लुकिलुकि खुसुखुसु

भित्र भित्रै चुस्ने।

थार्किर्नाले गाडेका छन्

जथाभाबी सुँड

भित्रि मधेस कुनाकानी

चौं जुम्राको भिड।

उपियाँले उफ्रि उफ्रि

आफैं मोज गर्ने

लामखुट्टे र जुका झिँगा

सबै भुँडी भर्ने।

कोरोना र बाडि ,पैरो

भुकम्पका झट्का

ठगी खाने कमण्डलु

अरु के को चिन्ता

झटिंगरे भतुवाको

दुर्गन्धमा बास

बसीखाने बसाहाको

केही छैन आश।

शिथिल भो शरीर यो

कति नै पो थेग्ला

यति धेरै चुसाहाको

पसेपछि झुण्ड।

जति आए पनि जोगी

सग्ला कान छैन

रिसाएको कलम भो

आज बोल्ने छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार