Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एनएसएल : काठमाण्डौ र ललितपुर उद्धघाटन खेलमा भिड्दै

एनएसएल : काठमाण्डौ र ललितपुर उद्धघाटन खेलमा भिड्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख ११ २०७८


एनएसएल : काठमाण्डौ र ललितपुर उद्धघाटन खेलमा भिड्दै

इलाम । खुकुरी नेपाल सुपर लिगको उद्धघाटन खेलमा आज काठमाण्डौ रेजर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुँदैछ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज लिगमा छिमेकी सहर पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेलमा काठमाण्डौ टिम नेपाली राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुको कप्तानीमा मैदान उत्र्दैछ । टिमको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । ललितपुर सिटीलाई अञ्जन विष्टले कप्तानी गर्नेछन् । टिमको मुख्य प्रशिक्षक प्रदिप हुमागाई रहेका छन् ।

कोरोना महामारीका कारण खेल दर्शक बिना बन्द रंगशालामा हुनेछ । दुवै टोलीको लक्ष्य सुरुवाती जित हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै विदेशी र ए समुह बाहेकका युवा खेलाडीले हरेक खेलमा राइजिङ प्लेयरको रुपमा १० हजार रुपैया पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार