दानाबारी । इलामको माई नगरपालिकामा व्यवसायीक तरकारी खेती तालिमको समापन भएको छ । माई नगरपालिकाको आर्थिक सहयोगमा पिरामिड टेक्निकल प्रालिको आयोजनामा व्यवसायीक तरकारी खेती तालिम सम्पन्न भएको हो ।
गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत १८ दिने व्यवसायीक तरकारी खेतीको सीप विकास तालिमको समापन भएको हो । पिरामिड टेक्निकल प्रालि माई नगरपालिका संयोजक हेमन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सूर्यप्रसाद दुलाल,प्रशासकिय अधिकृत नविन पौडेल,करुणा फाउण्डेसन माई नगरपालिका प्रमुख विमल कुमार दाहालले सहभागितलाई प्रमाणपत्र वितरण गरेका थिए ।
तालिमको सहजिकरण खेमराज भट्टराईले गरेका थिए । तालिमको सहभागिताको तर्फबाट माई नगरपालिका ४ का सुक बहादूर राई र देवी योङहाङ्गले तालिममा सिकेका सीप प्रयोग गर्ने व्यवसाय स्थापना र प्रवद्र्धन गर्न थोपा सिचाई प्लाष्टिक टनेल, कृषि औजार, आईपिएम कृषक पाठशाला, उत्पादित सामग्री वितरणका लागि थोक बजार र बालि बिमामा माईनगरपालिकाले सहयोग गर्नुपर्ने बताएका थिए ।
तालिममा माई नगरपालिका भित्रका सबै वडाका ४० जनाको सहभागिता रहेको थियो । माई नगरपालिका ४ को शुक्रबारे बजारमा संचालन भएको कार्यक्रममा माई नगरपालिकाका प्रशासकिय अधिकृत नविन पौडेलले गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उदेश्यका बारेमा जानकारी दिएका थिए ।