Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामे संचारकर्मी पवित्रा राईको ‘हवाईजहाज’मा विदेशिएका नेपालीहरुको मार्मिक कथा (भिडियो सहित)

इलामे संचारकर्मी पवित्रा राईको ‘हवाईजहाज’मा विदेशिएका नेपालीहरुको मार्मिक कथा (भिडियो सहित)

  • सन्देश सम्बाददाता
  • बुधबार, बैशाख ८ २०७८

इलामे संचारकर्मी पवित्रा राईको ‘हवाईजहाज’मा विदेशिएका नेपालीहरुको मार्मिक कथा (भिडियो सहित)

काठमाडौं । नव गायिका तथा रंगकर्मी पवित्रा राईको गीत ‘हवाईजहाज’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशिएका नेपालीहरुको मार्मिक पारिवारिक भाव बोकेको गीतको भिडियो निकै मार्मिक बनेको छ । भिडियोमा संगिता थापा र सुमित तामाङको अभिनय देख्न सकिन्छ ।

गीतको भाव र कथाबस्तु अनुसार विदेशिएका श्रीमानले विदेशमै ज्यान गुमाएपछि गाउँमा एक्लिएकी श्रीमती र छोराको मनोभाव प्रस्तुत गरिएको छ ।

रुपेश ढुंगानको शब्द तथा देवेश राईको एरेन्जमा तयार भएको गीतको भिडियो पवित्राले आफ्नै गाउँ इलामको सूर्योदय नगरपालिका सुन्दरपानी क्षेत्रमा छायांकन गरिएको जानकारी दिइन ।

पवित्राकै निर्देशनमा तयार भएको भिडियोका लागि योगेश दाहालले क्यामेरा र लोकेश अधिकारीले ड्रोन चलाएका छन् । किलाइट मोसन पिक्र्चसले पोष्ट प्रोडक्सन गरेको भिडियो केबी भण्डारीले उत्पादनमा सहयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार