Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

महिला नकाउट फुटबलको सेमीफाइनल समिकरण पुरा

महिला नकाउट फुटबलको सेमीफाइनल समिकरण पुरा

  • चेतन अधिकारी
  • शनिबार, चैत्र १४ २०७७


महिला नकाउट फुटबलको सेमीफाइनल समिकरण पुरा

सुलुबुङ । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा जारी महिला नकाउट फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । प्रतियोगितामा शनिवार अन्तिम ४ टोली टुङ्गो लागेसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो ।

पहिलो खेलमा जनता सेभेन फिक्कलले आयोजक बी लाई १–० ले पराजित गरेको छ । दोश्रो खेलमा कुवापानी एफसीले खरकुण्डे नवमी एफसीलाई ३–० ले पराजित गर्न सफल रहयो । तेश्रो खेलमा गोदक एफसीले इलाम एफसीमाथी २–० को जित दर्ता ग¥यो । आजको अन्तिम खेलमा आयोजक ए ले रम्भ्याङ एफसीमाथी ७–० गोल अन्तरको जित दर्ता ग¥यो ।

आयोजकको जितमा कुसुम खतिवडाले ह्रयाट्रिक गरिन् । भोलीबाट सेमीफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमीफाइनलमा जनता सेभेन र गोदक एफसी तथा आयोजक ए र कुवापानी एफसीबिच प्रतिस्पर्धा हुनेछ । भोली नै फाइनल खेल समेत हुने छ । माईपोखरी रामसार साइट स्र्पोटिङ क्लबको आयोजनामा फागुन १३ गतेबाट सुरु प्रतियोगिता फागुन १५ गतेसम्म चल्ने छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार