Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिज उद्योगमा प्रदेश सरकारको अनुदानले उत्पादनमा वृद्धि

चिज उद्योगमा प्रदेश सरकारको अनुदानले उत्पादनमा वृद्धि

  • सुजन तिमल्सिना
  • शनिबार, फाल्गुन २९ २०७७


चिज उद्योगमा प्रदेश सरकारको अनुदानले उत्पादनमा वृद्धि

पशुपतिनगर । इलामका चिज उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान कार्यक्रम लागु भएपछि चिज उत्पादनमा वृद्धि आएको छ । प्रदेश १ सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चिज उद्योग प्रवद्र्धन गर्न अनुदान प्रदान गरिएपछि चिज उद्योगको चिज उत्पादनमा पनि वृद्धि आएको हो ।
गुणस्तरीय चिज उत्पादनका लागि इलामका उद्योगमा अनुदान कार्यक्रम लागु भएपछि चिज उत्पादनमा वृद्धि आएको छ । गाईको दूध प्रशोधन गरि चिज बनाउने डेरी उद्योगलाई प्रविधि जडान गर्न अनुदान कार्यक्रम लागु गरिएको हो ।


प्रदेश १ सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट इलाममा रहेको चिज उद्योगको प्रशोधन क्षमता वृद्धिका लागि अनुदान कार्यक्रम लागु हुँदै आएको छ । प्रदेश सरकारले प्रदान गरेको १० लाख रुपँैयामा उद्योगीले ३० प्रतिशत थप गरि चिज उद्योगमा आधुनीक प्रविधि जडान गर्दै आएका छन् । प्रदेश सरकारको अनुदान रकमबाट उद्योगीले जनेनेटर, चिज भ्याट, दूध तताउने स्टिम र चिज राख्ने स्टोर बनाएका छन् । उद्योगको क्षमता अभिवृद्धिका लागि सरकारी अनुदानले सहयोग पुगेको उद्योगी तुलु तामाङले बताए ।
किसानले उन्नत जातका गाईको पालन गरेसँगै दूध उत्पादनमा वृद्धि आएपछि इलाममा चिज उत्पादन गर्ने उद्योग खुल्ने क्रम बढ्दो छ । इलाममा उत्पादन भएको चिज काठमाडौँ र पोखरामा बिक्रि हुँदै आएको छ । निजी क्षेत्रबाट चिज उद्योग स्थापना भएकाले अन्तराष्ट्रिय बजारको पहुँच विस्तार र गुणस्तरीय उत्पादनका लागि अध्ययनको काम पनि हुँदै आएको सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले बताए ।
इलाममा निजी क्षेत्रको लगानीमा १२ वटा चीज उद्योग संचालनमा रहेका छन् । उद्योगमा किसानबाट संकलन हुने २० हजार लिटर दूधको प्रशोधनबाट चिज बनाइँदै आएको छ । चिज उद्योग प्रवद्र्धका लागि प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा ५ वटा उद्योगलाई १० लाखको दरले अनुदान रकम प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार