Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पत्रकार तिर्थ सिग्देलद्धारा नारी संचार गृह झापालाई आर्थिक सहयोग

पत्रकार तिर्थ सिग्देलद्धारा नारी संचार गृह झापालाई आर्थिक सहयोग

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन २४ २०७७


पत्रकार तिर्थ सिग्देलद्धारा नारी संचार गृह झापालाई आर्थिक सहयोग

इलाम । झापामा क्रियासिल रहेका महिला संचारकर्मीहरुको संस्था नारी संचार गृहलाई पत्रकार तिर्थ सिग्देलले आर्थिक सहयोग गरेका छन् । १ सय ११ औँ नारी दिवसको अवसरमा महिला उद्यमी संघ झापाद्धारा आयोजित रकम हस्तान्तरण तथा उद्यमी प्रोत्साहान कार्यक्रममा ५ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।


नारी संचार गृहले स्थापना गरेको पत्रकार महिला अक्षय कोषका लागि संस्थागत तथा व्यक्तिगत रुपमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम रहेको समयमा प्रेश संगठन नेपाल १ नम्बर प्रदेशका सह–इन्चार्ज सिग्देलले रकम हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ प्रदेश नम्बर एकका कार्यसमिति सदस्य समेत रहेका पत्रकार तथा लेखक सिग्देलले नारी संचार गृहकी अध्यक्ष भिमा शिवाकोटी, उपाध्यक्ष रेजिना गौतम र सचिव भुमिका सुब्बालाई रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा महिला उद्यमी संघ झापाले पनि नारी संचार गृहलाई १० हजार एक सय रुपैयाँ हस्तान्तरण गरेको थियो । महिला उद्यमी संघ झापाकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाको उप–प्रमुख पवित्रा महतरा प्रसाईको रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार