Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सन् २०३० को एसियन गेम्सको जिम्मा कतारलाई

सन् २०३० को एसियन गेम्सको जिम्मा कतारलाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस २ २०७७


सन् २०३० को एसियन गेम्सको जिम्मा कतारलाई

इलाम । कतारले सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा पाएको छ । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो ।ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका थिए ।

यस्तै सन् २०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ ।सन् २०३० को एसियन गेम्सका लागि भोटिङ आफ्नो पक्षमा पार्न कतारको टिम नेपाल पनि आएको थियो । त्यसपछि साउदी अरेबियाले पनि भोटका लागि पहल गरेको थियो ।

यसअघि नै बढी भोट पाउने देशले सन् २०३० को एसियन गेम्सको आयोजना गर्ने र दोस्रो हुनेले सन् २०३४ को आयोजना गर्ने सहमति भएको थियो । जसका कारण लगातार दुई संस्करणको आयोजकको टुंगो लागेको हो । सन् २०३४ को एसियन गेम्स रियादमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार